
माधव नेपाल प्रधानमन्त्री खान नपाएर हर्याकहर्याक : ओली
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, वैशाख २२ : नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री खान नपाएर ‘हर्याकहर्याक’ गरिरहेको टिप्पणी गरेको छन्।
ओलीले नेपालको नाम नलिई उनी लक्षित टिप्पणी गरेका हुन्। प्रधानमन्त्रीका लागि कराउँदै हिँडेको तर अरुले मन नपराएको कुरा भने थाहा पाउन नसकेको बताए।
प्रधानमन्त्रीका लागि हतारोप्रति आफुलाई अचम्म लागेको पनि ओलीले सुनाए। ओलीले रसुवामा शनिबार आयोजित एक कार्यक्रममा यस्तो टिप्पणी गरेका हुन्।
एमाले अध्यक्ष ओलीको टिप्पणी थियो, ‘प्रधानमन्त्री हुन हर्याकहर्याक दमको बिरामीले जस्तो गर्दैछन्। प्रधानमन्त्री, प्रधानमन्त्री भन्छन्। मलाई पनि भनिएको थियो, प्रधानमन्त्रीको समय बाँडिचुँडी खाऔं भनेर। मैले भनें, म प्रधानमन्त्रीको लागि होइन, गठबन्धन ढल्यो, खरानीको डल्लो थियो, फुट्यो। अब सरकार चलाएर देश बनाएर जनताको समस्या समाधान गर्नतिर लाग्नुपर्यो।’
साभार : काठमाडौं प्रेस

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
1 दिन पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
2 दिन पहिले
म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..
काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..
2 दिन पहिले
संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..
काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..
3 दिन पहिले
‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’
काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..
3 दिन पहिले