
जसपा विभाजनपछि झलनाथको प्रतिक्रिया- समीकरण थप सुदृढ हुँदैछ, नेकपा एस फुट्दैन
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, वैशाख २४ गते । उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन भएपछि नेपाली राजनीति तरंगित भएको छ । यही मेसोमा सोमबार बिहान नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री वर्षमान पुन नेकपा एसका सम्मानित नेता झलनाथ खनाल निवास पुगेका छन् ।
खनाल निवास डल्लु पुगेका अर्थमन्त्री पुनसँग पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको जनाइएको छ । उनले अर्थमन्त्री पुनसँग समीकरणलाई थप बलियो बनाएर जानेबारे पनि छलफल भएको बताए ।
पुनसँगको भेटपछि खनालले नेपाल प्रेससँग भने, ‘अहिले समीकरण थप सदृढ बन्दै गएको छ, यसलाई थप बलियो बनाएर लानुपर्छ भन्नेमा छौं । त्यही कुराकानी भयो ।’
जसपा विभाजनपछि नेकपा एस पनि विभाजनको डिलमा रहेको चर्चा छ नि ? भन्ने जिज्ञासामा उनले भने, ‘हाम्रो पार्टी विभाजन हुँदैन, त्यस्तो कुनै सम्भावना छैन ।’
उनले थपे, ‘मुलुकमा देखिएको आर्थिक संकट समाधान, विकास निर्माण, मुलुकले समृद्धि मागिरहेको छ, मुल्यवृद्धि, भ्रष्टाचार महंगी यसलाई समाधान गर्ने किसिमको नीति तथा कार्यक्रम र बजेट ल्याउनुस् भन्ने सुझाव दिएको छु ।’
उनले आज अध्यक्ष माधव नेपालले बोलाएको संसदीय दलको बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताए ।
जसपा विभाजनसँगै नेकपा एसमा पनि विभाजनको धाँजा फाटेको चर्चा चलिरहेको बेलामा माधव नेपालले दलको बैठक बोलाएका छन् । तर, पार्टी विभाजन हुने खालको कुनै विवाद नभएको नेता खनालले जिकिर गरे ।
नेकपा एसभित्र यही सरकारमा बस्नुपर्छ भन्ने र बाहिर रहनुपर्छ भन्नेमा विवाद रहँदै आएको छ । नेता खनाललगायतका नेता एमाले र माओवादीसँगै समीकरणमा रहनुपर्छ भनेर लबिङमा छन् भने अध्यक्ष नेपाल सुरुआती चरणदेखि नै यो समीकरणमा सन्तुष्ट छैनन् ।कांग्रेससँग वैकल्पिक गठबन्धन बनाउने माधव नेपालको सक्रियताकै कारणले उपेन्द्र नेतृत्वको जसपा विभाजन भएको नेताहरू बताउँछन् ।
साभार : नेपाल प्रेस

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
1 दिन पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
2 दिन पहिले
म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..
काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..
2 दिन पहिले
संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..
काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..
3 दिन पहिले
‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’
काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..
3 दिन पहिले