Janakpurdham
Mon, May 20, 2024
`

गैरकानूनी ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरियो, अदालत जान्छौँ : उपेन्द्र यादव

12 दिन पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं,वैशाख २६ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राईले आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर पार्टी विभाजन गरेको आरोप लगाएका छन् ।

पार्टी विभाजनपछि पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी दर्ता प्रक्रिया नै असंवैधानिक भएको दाबी गरे ।

 

उनले भने- म बाहिर गएको बेलामा जसपा र नेकपा एसले कांग्रेससँग मिलेर सरकार ढाल्ने प्रयास गर्‍यो भनेर हल्ला चलाइयो। त्यो हल्ला निराधार र कपोकल्पित थियो। कसैसँग भेटेको थिएन। त्यही हल्लालाई कसै कसैले मौका छोपेर पार्टी महाधिवेशनको तयारी भइरहेको बेलामा तर, संस्थागत रूपमा पार्टीभित्र कुनै विवाद नआएको अवस्थामा केही व्यक्तिहरूले महत्वकांक्षा र व्यक्तिगत स्वार्थको कारणले फाइदा उठाउने गरी पार्टी फुटाएको घोषणा गरे, निर्वाचन आयोगमा पनि दर्ता भएको कुरा आएको छ।

उनले पार्टी निर्वाचन र राजनीतिक दलसम्बन्धी ऐनको विपरीत ऐन विपरीत पार्टी दर्ता भएको बताए।

उनले भने- संसदमा विचाराधीन रहेको अवस्थामा गैरकानूनी र असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरे, नेपालको इतिहासमा यति चाँडै पार्टी दर्ताको प्रमाणपत्र दर्ता गरेको यो पहिलो चोटि होला। त्यसैले हामी कोटमा चुनौती दिन्छौँ।

उनले अहिलेसम्म सरकारलाई दिए समर्थन कायमै राख्ने समेत बताए।

साभार : नेपाल प्रेस

`
12 comments
कठालमा सामुहिक सम्बाद र अभिभावक शिक्षा कार्यक्रम सम्पन..

जनकपुरधाम, जेठ ७ गते । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं.६ बल्हा कठालमा संचालनमा रहेको सामुहिक सम्बाद ..

4 घन्टा पहिले

‘सत्तापक्ष संसदीय समिति बनाउन जिम्मेवारपूर्ण रुपमा प्र..

काठमाडौं, जेठ ६ । सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने कुरामा सत्तापक्ष जिम्मेवारपूर्ण रु..

18 घन्टा पहिले

प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मत रोक्न ..

काठमाडौं ,जेठ ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार लिन लागेको विश्वासको मत रोक्न जनता समाजवादी ..

18 घन्टा पहिले

मधेश प्रदेश सरकारको विकास खर्च हालसम्म १८.२ प्रतिशत

जनकपुरधाम,जेठ ६ गते ।  आर्थिक वर्ष सम्पन्न हुन २ महिना मात्र बाँकी हुँदा मधेश प्रदेश सरकारको समग्र खर्चको अवस्थ..

19 घन्टा पहिले

मधेशी अपाङ्गता भएका व्यक्तिहरूका लागि तीन दिने प्रदेश स..

जनकपुरधाम, जेठ ५ गते । मधेश प्रदेश जनकपुरधाममा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धी र दिगो विकास..

2 दिन पहिले