Janakpurdham
Tue, Sep 22, 2026
`

मधेशका मुख्यमन्त्री सरोज यादवमाथिको समर्थन फिर्ता लिने माओवादीको गृहकार्य

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं वैशाख २७ गते । नेकपा माओवादी केन्द्रले मधेशका मुख्यमन्त्री सरोज यादवलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल सुरू गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्ने खेलमा लागेको भन्दै माओवादीले मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल चलाएको हो ।
.
माओवादीका एक पदाधिकारीले नेपाल प्रेससँग भने, ‘जसपाबाट मधेशमा मुख्यमन्त्री बनेका यादवलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल भइरहेको छ । अहिले निष्कर्षमा पुगेका छैनौं त्यो निर्णय हुनसक्छ ।’

उनले उपेन्द्र यादवले केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्न खेलेको खेल स्वीकार्य नभएको पार्टीको निष्कर्ष सुनाए ।

ती पदाधिकारीले भने, ‘उहाँले अहिले आफैं सरकारमा बसेर त्यही सरकार ढाल्न खोज्नुभएको पुष्टि भइसकेको छ । त्यो स्वीकार्य हुँदैन ।’ प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै रहेको भनेपनि प्रधानमन्त्रीले त्यसबारे छलफल गरिरहेको ती नेताको भनाइ छ ।

 उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट फुटेर अशोक राईले नयाँ पार्टी खोलिसकेका छन् । मधेशका मुख्यमन्त्री यादव उपेन्द्र पक्षधरका हुन् ।१ सय ७ प्रदेश सांसद रहेको मधेश प्रदेशसभामा जसपा नेपाल नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस रहेको समर्थन छ।

त्यहाँ एमाले २४, जसपाका १९, माओवादीका ९ र नेकपा एसका ७ सांसद छन्। वैशाख पहिलो साता विश्वासको मत लिँदा मुख्यमन्त्री यादवको पक्षमा ६१ मत प्राप्त गरेका थिए। माओवादीले समर्थन फिर्ता लिए मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा पर्नेछ।

त्यहाँ कांग्रेसका २२, जनमतका १३, लोसपाका ९, नागरिक उन्मुक्ति र संघीय समाजवादीका १र१ सांसद छन्।

साभार : नेपाल प्रेस

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

13 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

13 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

2 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले