Janakpurdham
Tue, Aug 05, 2025
`

संसद्को गतिरोध खुलाउने काम सरकारको हातमा : काँग्रेस नेता निधि

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, वैशाख २९ गते ।  नेपाली काँग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले संसद्को गतिरोध खुलाउने काम सत्ता पक्षको हातमा रहेको बताउनु भएको छ । 

पूर्व उपसभापति निधिले नेपाली काँग्रेस धनुषाको प्रशिक्षण शाखाले आज जनकपुरधाममा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपाली जनताले दुःख गरेर जम्मा गरेको अरबौँ रकम सहकारीमा ठगी भएको त्यसको संसदीय छानबिनको माग गर्दा संसदीय छानविन समिति नबनाएर संसदीय अभ्यासलाई नै बाधक गर्ने काम भएको आरोप लगाउनु भयो । 

उहाँले जनताबाट निर्वाचित प्रतिनिधिहरुको थलोको रुपमा रहेको प्रतिनिधि सभाबाट काँग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिनको माग गर्दा त्यसमा सरकारले साथ दिनुको साटो विवादलाई बढाउने काम मात्र गरेको बताउनु भयो । 

काँग्रेसका नेता निधिले सहकारी ठगी प्रकरणमा अहिलेका गृहमन्त्री सहितका दुई तीन जना अन्य व्यक्तिको विरुद्धमा हजारौँ उजुरीहरू चितवन, पोखरा तथा रुपन्देही जिल्लामा परेको बताउँदै त्यस्तो गम्भीर विषयमा संसदीय छानविन समिति गठन गर्न नचाहनु सरकारकै कमजोरी भएको बताउनु भयो । 

उहाँले काँग्रेस तथा एमाले मिल्नु पर्ने पक्षमा आफू नभएको बताउँदै दुई ठूला दल मिलेर समस्या समाधान हुन्छ भन्ने ज्ञारेन्टी नभएको बताउँदै  समस्याको समाधान गर्न दृढ इच्छा शक्ति हुन आवश्यक भएको बताउनु भयो । 

काँग्रेसका नेता निधिले सरकारले संसदीय छानविन समिति नबनाएर अध्यादेश मार्फत बजेट ल्याउने हल्ला सुनिन थालेको बताउँदै यो मुलुकका लागि ठिक नभएको बताउनु भयो । संघीय लोकतान्त्रिक व्यवस्थाको पूर्णताका लागि संविधानको संशोधन आवश्यक भएको बताउँदै त्यसका लागि  दलहरूका बीचमा अधिकतम सहकार्य जरुरी रहेको नेता निधिले बताउनु भयो । 

उहाँले कुनै एक दलको बहुमत नआउनुमा समानुपातिक निर्वाचन प्रणाली बाधक नभईकन समग्र निर्वाचन प्रणालीमा सुधार गरेर अगाडी बढ्न र प्रदेशलाई बलियो बनाउनका लागि प्रहरी तथा कर्मचारी समायोजनमा  ढिलाइ गर्ने काम हुन नहुने बताउनु भयो ।

नेपाली काँग्रेस प्रशिक्षण शाखाका अध्यक्ष एवं जिल्ला उपसभापति गणेश झाको अध्यक्षतामा भएको सो कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र मोहन यादव, मिनाक्षी झा, जिल्ला सभापति योगेन्द्र पञ्जियार र काँग्रेसका नेता रामसरोज यादवले प्रशिक्षण कार्यक्रमको महत्व माथि प्रकाश पार्नु भएको थियो । 

साभार : रेडियो नेपाल

`
12 comments
धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा

काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..

3 घन्टा पहिले

कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..

काठमाडौं  ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..

3 घन्टा पहिले

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..

काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..

2 दिन पहिले

लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..

काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..

2 दिन पहिले

‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’

काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..

3 दिन पहिले