
शहीदहरूको सम्मानमा वार्षिक क्यालेन्डर लोकापर्ण कार्यक्रम सम्पन्न
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

दिपेश मल्लिक
जनकपुरधाम , वैशाख २९ गते । शहीद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्र जनकपुरधामको आयोजनामा वार्षिक क्यालेन्डर लोकापर्ण कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार आयोजित वार्षिक क्यालेन्डर लोकापर्ण कार्यक्रममा शहीदहरुका सम्मान तथा स्मरणमा कन्जुसियाई नगर्न वक्ताहरुले आग्रह गरे ।
पूर्व राज्यमन्त्री एवं शहीद दुर्गानन्द झाकी श्रीमती काशी देवी झाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शहीदहरुको स्मारिका प्रकाशनका लागि समाज सेवी तथा ई. प्रकाश साहले जोड दिए ।
शहीद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्र जनकपुधामका अध्यक्ष शम्भुनाथ झाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसकी पूर्व सांसद मिनाक्षि झाले महिला अभियानिहरुको सम्मान हुनुपर्ने धारणा राखिन् ।
उनले शहीद दूर्गानन्द झाकी धर्मपत्नी जिउदो शहीद काशी देवी झाको बलिदानीलाई नेतृत्वकर्ताहरुले कदर गर्नुपर्ने ध्यानाकर्षण गराईन ।
स्मृति तथा सम्मान कार्यक्रममा वीर शहीदहरु दुर्गानन्द झा, डा. लक्ष्मीनारायण झा , अरविन्द ठाकुर , सत्यनारायण पाठक लगायतका शहीदहरुका सम्मानमा अभिनन्दन पत्र प्रस्तुत गरी परिवारजनलाई जिम्मा दिए ।
जिउंदो शहीद ललन चौधरीले बलिदानी वीरहरुको आभूषण हो भनि संज्ञा दिए । उनले शहीदहरु नेपाली जनताका वीर सपुत हुन भनि उल्लेख गरे ।
शहीद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्र जनकपुधामका सल्लाहकार ई. बालबोध ठाकुरले मेयर साहले जग्गा उपलब्ध गराइ दिए भवन बनाउन सम्पूर्ण जिम्मेवारी लिने बताए ।
त्यस्तै बरिष्ठ अधिवक्ता श्याम कुमार मिश्रले सामाजिक जागरणका लागि परिवर्तन आवश्यक रहेको धारणा राखे । उनले शहीदको सम्मानमा कार्यक्रमहरु हुनुपर्ने र शुरुवाति भएको जनाए ।
कार्यक्रममा शहीद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्र जनकपुधामका सचिव धिरेन्द्र झा मैथिल, सल्लाहकार डा. रास विहारी महतो , कोषाध्यक्ष सुरेन्द्र कुमार झा , मधेश आन्दोलनकी अभियानी बिन्दु ठाकुर, नेका नेत्री किरण झा, बरिष्ठ पत्रकार हिमांशु चौधरी , बिष्णु कुंवर, पत्रकार महासंघ धनुषाका सचिव बटुक नाथ झा , नेपाली कांग्रेस धनुषाका नेता अञ्जनी झा (मन्ना) लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा
काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..
3 घन्टा पहिले
कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..
काठमाडौं ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..
3 घन्टा पहिले
बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..
काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..
2 दिन पहिले
लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..
काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..
2 दिन पहिले
‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’
काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..
3 दिन पहिले