Janakpurdham
Tue, Sep 22, 2026
`

जसपा नेपालद्वारा सरकारमाथिको समर्थन फिर्ता, प्रधानमन्त्रीले पार्टी फुटाएको आरोप (भिडिओ)

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं , वैशाख ३१ गते । जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यादवले पठाएको समर्थन फिर्ताको जानकारीसहितको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको छ ।

सोमबार सरकारबाट बाहिरिएसँगै केन्द्रीय समितिको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको सांसद राजकिशोर यादवले बताए । जनता समाजवादी पार्टी, नेपाल फुटाउन राज्य नै लागेको उनको आरोप छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले पार्टी विभाजनमा आफ्नो हात रहेको उल्लेख गरेको यादवको जिकिर छ । सरकारले गैरजिम्मेवारी काम गरेको र त्यसको विरुद्धमा आफूहरू लाग्ने उनले चेतावनी दिए

 

 

यादवले भने, ‘राज्य नै लागेर फुटाइयो । सरकारकै नेतृत्वकर्ताहरू पार्टी विभाजन गराउनका लागि लाग्नुभयो र पार्टी विभाजनपश्चात राष्ट्रिय राजनीतिमा जुन घटनाहरु भइरहेका छन्, त्यहाँ नैतिक रुपले बसिरहन मिलेन । संसदीय व्यवस्थामा गणितको ठूलो मूल्य हुन्छ, यो विभाजनमा स्वयं प्रधानमन्त्रीज्युले नै यसमा मेरो पनि हात छ, भनेर स्वीकार गरिसकेपछि त्यहाँ बसिरहन उचित लागेन । १२ को संख्या लिएर गएका थियौँ, त्यो नरहेपछि त्यहाँ राजनीतिक र नैतिक रुपमा पनि बसिरहन उचित लागेन । सरकारले गैरजिम्मेवारी काम गर्‍यो त्यसको विरुद्धमा हामी लाग्नेछौँ । पहिला आन्तरिक शक्ति सञ्चय गर्नेछौँ ।’

सांसद यादवले विभाजित भएर जाने नेताहरूले आफूहरूको आन्दोलनमा घाटा हुने बताए ।

साभार : नेपाल प्रेस

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

13 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

13 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

2 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले