
उपेन्द्रलाई विगतको धोकाधडी सम्झाउँदै ठाकुरको जवाफ- मधेशमा तत्काल सहकार्य असम्भव
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,वैशाख ३१ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेश सरकार बचाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को सहयोग नपाउने भएका छन् ।
मधेश सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा एमाले समर्थन फिर्ता लिएपछि जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेका छन् । सरकार जोगाइदिन सहयोग माग्दै उपेन्द्र आज बिहान लोसपा अध्यक्ष महन्थ ठाकुर निवास पुगेका भेटेका हुन् ।
उपेन्द्रको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘मलाई कमजोर पार्न खोजियो । मधेश सरकार बचाउन तपाईँको पार्टीको समर्थन चाहिएको छ ।’
उपेन्द्रले सहयोगको याचना गरेपनि विगतको धोकाधडी सम्झिदै लोसपा अध्यज्ञ ठाकुरले सहयोग गर्न नसक्ने प्रष्ट्याएका छन् ।‘हाम्रो अध्यक्षजीले मधेश प्रदेश सरकारबारे निर्णय लिने जिम्मेवारी नेता जीतेन्द्र सोनललाई दिएका छौं । उहाँसँगै छलफल गर्नु होला । निर्णय उहाँले नै गर्नुहुन्छ भनेर फर्काइदिनुभयो’, लोसपाकै एक नेताले सुनाए ।
ती नेताले भने, ‘कैयौं पटक उपेन्द्रजीले धोका दिनुभएको उहाँले बिर्सनुभएको छैन । आफूलाई अप्ठ्यारो पर्दा खुट्टा ढोग्ने र काम फत्ते भएपछि पछाडिबाट वार गर्ने पुरानो बानी छ उहाँको । त्यसैले सहकार्य असम्भव छ ।’
साभार : नेपाल प्रेस

धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा
काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..
3 घन्टा पहिले
कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..
काठमाडौं ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..
3 घन्टा पहिले
बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..
काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..
2 दिन पहिले
लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..
काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..
2 दिन पहिले
‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’
काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..
3 दिन पहिले