६ जिल्लाका सीमानाका बन्द, सीमानामा संयुक्त गस्ती
8 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,जेठ ५ गते । भारतको विहार राज्यसँग सीमा जोडिएका मधेश प्रदेशका ६ जिल्लाका सिमानाका आज बिहानदेखि ७२ घण्टाका लागि बन्द गरिएको छ ।
भारतको विहार राज्यको मधुबन्नी, सीतामढी तथा पूर्वी चम्पारनको केही लोक सभा क्षेत्रमा जेठ ७ गते अर्थात् मई २० तारेखमा चुनाव हुन लागेकाले दुवै देशका सुरक्षा अधिकारीहरूको सीमा संयुक्त समन्वय समितिको बैठकको निर्णय अनुसार सीमानाका बन्द गरिएको हो ।
चुनाव शुरु हुनु भन्दा ७२ घण्टा अघि चुनाव हुने क्षेत्रसँग नेपालको सीमाना जोडिएका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही तथा रौतहटका सीमानाका आजदेखि सोमबार १२ बजे राति सम्मका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन् ।
सीमा क्षेत्रमा सुरक्षा गस्ती बढाउनुका साथै मदिराको बिक्री वितरणमा कडाइ गरिएको छ । सीमा क्षेत्रमा संयुक्त गस्ती पनि बढाइएको छ ।
साभार : रेडियो नेपाल
धनुषाधाममा मक्कर संक्रान्ति मेलाको सम्पूर्ण तयारी पुरा
जनकपुरधाम ,पुस २९ गते । धनुषा जिल्लाको प्रसिद्ध धार्मिक स्थल धनुषाधाममा भोली देखि शुरु हुने मक्कर संक्रान्ति म..
2 घन्टा पहिले
हिलो अभ्यास खेलमा वेस्टइन्डिजलाई नेपालको टक्कर, ९ रनले प..
काठमाडाैं, पुस २९ : मलेसियामा अर्को साताबाट सुरु हुने यू–१९ महिला विश्वकपको तयारीका लागि खेलिएको पहिलो अध्यास..
2 घन्टा पहिले
राष्ट्रपति पौडेलले जारी गरे चार अध्यादेश
काठमाडौं, पुस २९ : राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिस अनुरुप सोमबार विभिन्न चार वटा विधेयक ..
2 घन्टा पहिले
जनमतका केन्द्रीय सदस्य दीपेन्द्रसहित दर्जनौं नेता जसपा..
जनकपुरधाम,पुष २८ गते । जनमत पार्टीका केन्द्रीय सदस्य एवं महोत्तरी क्षेत्र न ३ (ख) का प्रदेशसभा प्रत्याशी दीपेन्..
15 घन्टा पहिले
राष्ट्रपति समक्ष महान्यायाधिवक्ताको कार्यालयको प्रति..
काठमाडौं, पुस २८ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०÷०८१ को प..
15 घन्टा पहिले