Janakpurdham
Tue, Sep 22, 2026
`

६ जिल्लाका सीमानाका बन्द, सीमानामा संयुक्त गस्ती

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,जेठ ५ गते । भारतको विहार राज्यसँग सीमा जोडिएका मधेश प्रदेशका ६ जिल्लाका सिमानाका आज बिहानदेखि ७२ घण्टाका लागि बन्द गरिएको छ ।

भारतको विहार राज्यको मधुबन्नी, सीतामढी तथा पूर्वी चम्पारनको केही लोक सभा क्षेत्रमा जेठ ७ गते अर्थात् मई २० तारेखमा चुनाव हुन लागेकाले दुवै देशका सुरक्षा अधिकारीहरूको सीमा संयुक्त समन्वय समितिको बैठकको निर्णय अनुसार सीमानाका बन्द गरिएको हो ।

चुनाव शुरु हुनु भन्दा ७२ घण्टा अघि चुनाव हुने क्षेत्रसँग नेपालको सीमाना जोडिएका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही तथा रौतहटका सीमानाका आजदेखि सोमबार १२ बजे राति सम्मका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन् ।

सीमा क्षेत्रमा सुरक्षा गस्ती बढाउनुका साथै मदिराको बिक्री वितरणमा कडाइ गरिएको छ । सीमा क्षेत्रमा संयुक्त गस्ती पनि बढाइएको छ ।

साभार : रेडियो नेपाल

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

12 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

12 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

1 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

1 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले