
मधेश प्रदेश सरकारको विकास खर्च हालसम्म १८.२ प्रतिशत
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,जेठ ६ गते । आर्थिक वर्ष सम्पन्न हुन २ महिना मात्र बाँकी हुँदा मधेश प्रदेश सरकारको समग्र खर्चको अवस्था चिन्ताजनक रहेको छ ।
वैशाख मसान्तसम्ममा मधेश प्रदेश सरकारले विनियोजन गरेको बजेटको १८.२ प्रतिशत रकम मात्र खर्च गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रकममध्ये वैशाख भित्रमा चालु तथा विकास खर्च गरेर ८ अर्ब ४ करोड ७८ लाख ११ हजार ६ सय ४५ रुपैयाँ २२ पैसा मात्र खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
प्रदेश सरकारले चालुतर्फ विनियोजन गरेको १८ अर्ब ५४ करोड ५८ हजार रकममध्ये ४ अर्ब ४५ करोड ६२ लाख १७ हजार ९ सय ४६ रुपैयाँ ९३ पैसा रहेको छ । जून कूल विनियोजित रकमको २४.०३ प्रतिशत रहेको छ । चालु खर्च देखिए पनि विकास खर्च निक्कै न्यून रहेको छ ।
यसै गरि पुँजीगततर्फ विनियोजन गरेको २५ अर्ब ५७ करोड ४५ लाख ७४ हजार रकममध्ये ३ अर्ब ५९ करोड १५ लाख ९३ हजार ३ सय ५८ रुपैयाँ २९ पैसा खर्च भएको छ । जून कूल विनियोजित रकमको १४.०४ प्रतिशत मात्र हो ।
प्रदेश सरकारले विनियोजन गरेको चालु तथा विकास खर्चमध्ये ३६ अर्ब ६ करोड ६८ लाख २ हजार २ सय ५४ रुपैयाँ ७८ पैसा बाँकी रहेको छ । चालु आर्थिक वर्ष सम्पन्न हुनका लागि जेठ महिनाको पच्चिस दिन र असारको २५ दिन गरेर करिब ५० दिनमा यतिको विकास खर्च कसरी गर्ने पन्ने प्रश्न खडा भएको छ ।
विगत वर्ष भन्दा पनि यस पटक विकास खर्चको अवस्था कमजोर हुनुमा पटक पटकको मन्त्रीहरूको फेरबदल, थोरै अवधिमा सचिवको सरुवा तथा कार्यक्षमताको अभाव नै मुख्य कारणको रुपमा रहेको अर्थविद्हरूको भनाइ छ ।
साभार : रेडियो नेपाल

थ्रीलर म्याचमा युएईमाथि नेपालको जित
काठमाडाैं, असाेज २६ : आईसिसी टि२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले विजयी सुर..
23 घन्टा पहिले
नौं बुँदे माग राख्दै कांग्रेसका जेनजी पुस्ता सक्रिय
काठमाडौं, असोज २६ : नेपाली कांग्रेसका जेनजी युवाहरुले नौं बुँदे माग राख्दै विधानमा संशोधन गरी जेनजी उमेर समूहक..
23 घन्टा पहिले
कांग्रेसमा विशेष महाधिवेशन माग्दै ५० प्रतिशतभन्दा धेरै..
काठमाडौं ,असोज २५ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हटाउन विशेष महाधिवेशन माग्दै इतर पक्षले थाल..
2 दिन पहिले
असाेज २६ मा बस्ने भनिएकाे कांग्रेस केन्द्रीय समिति बैठक ..
काठमाडौं ,असोज २५ गते । असोज २६ गते बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक २८ गते बस्ने गरी सरेको छ । ती..
2 दिन पहिले
भिजिट भिसा प्रकरणको छानबिन समिति प्रतिवेदन कार्यान्वयन..
काठमाडौं, असोज २३ गते । सरकारले भूमि समस्या समाधान आयोग र सवै जिल्ला समिति खारेज गर्ने निर्णय गरेको छ ।सिंहदरबारम..
4 दिन पहिले