मधेश प्रदेश सरकारको विकास खर्च हालसम्म १८.२ प्रतिशत
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,जेठ ६ गते । आर्थिक वर्ष सम्पन्न हुन २ महिना मात्र बाँकी हुँदा मधेश प्रदेश सरकारको समग्र खर्चको अवस्था चिन्ताजनक रहेको छ ।
वैशाख मसान्तसम्ममा मधेश प्रदेश सरकारले विनियोजन गरेको बजेटको १८.२ प्रतिशत रकम मात्र खर्च गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रकममध्ये वैशाख भित्रमा चालु तथा विकास खर्च गरेर ८ अर्ब ४ करोड ७८ लाख ११ हजार ६ सय ४५ रुपैयाँ २२ पैसा मात्र खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
प्रदेश सरकारले चालुतर्फ विनियोजन गरेको १८ अर्ब ५४ करोड ५८ हजार रकममध्ये ४ अर्ब ४५ करोड ६२ लाख १७ हजार ९ सय ४६ रुपैयाँ ९३ पैसा रहेको छ । जून कूल विनियोजित रकमको २४.०३ प्रतिशत रहेको छ । चालु खर्च देखिए पनि विकास खर्च निक्कै न्यून रहेको छ ।
यसै गरि पुँजीगततर्फ विनियोजन गरेको २५ अर्ब ५७ करोड ४५ लाख ७४ हजार रकममध्ये ३ अर्ब ५९ करोड १५ लाख ९३ हजार ३ सय ५८ रुपैयाँ २९ पैसा खर्च भएको छ । जून कूल विनियोजित रकमको १४.०४ प्रतिशत मात्र हो ।
प्रदेश सरकारले विनियोजन गरेको चालु तथा विकास खर्चमध्ये ३६ अर्ब ६ करोड ६८ लाख २ हजार २ सय ५४ रुपैयाँ ७८ पैसा बाँकी रहेको छ । चालु आर्थिक वर्ष सम्पन्न हुनका लागि जेठ महिनाको पच्चिस दिन र असारको २५ दिन गरेर करिब ५० दिनमा यतिको विकास खर्च कसरी गर्ने पन्ने प्रश्न खडा भएको छ ।
विगत वर्ष भन्दा पनि यस पटक विकास खर्चको अवस्था कमजोर हुनुमा पटक पटकको मन्त्रीहरूको फेरबदल, थोरै अवधिमा सचिवको सरुवा तथा कार्यक्षमताको अभाव नै मुख्य कारणको रुपमा रहेको अर्थविद्हरूको भनाइ छ ।
साभार : रेडियो नेपाल
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
12 घन्टा पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
12 घन्टा पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
1 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
1 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक