Janakpurdham
Thu, Oct 30, 2025
`

प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मत रोक्न सर्वोच्च पुगे उपेन्द्र यादव

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,जेठ ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार लिन लागेको विश्वासको मत रोक्न जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सर्वोच्च अदालत पुगेका छन् ।

केही दिनअघि सर्वोच्च अदातले जसपा नेपाल विभाजन भएर जसपा दल दर्ता भएको निर्णय यथास्थितिमा राख्न दिएको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयनको माग गर्दै यादव सर्वोच्च अदालत पुगेका हुन् ।

सर्वोच्च पुगेका यादवले नेपाल प्रेससँग भने, ‘हाम्रो दलबाट विभाजन भएर गठन भएको दलले सरकारलाई समर्थन दिएको छ । उक्त दललाई आधिकारिता नदिनु र यथास्थितिमा राख्नु भनेर सर्वोच्च अदालतले अल्कालीन अन्तरिम आदेश दिएको छ, तर प्रधानमन्त्रीज्यूले सोमबार विश्वासको मत लिँदै हुनुहुन्छ । जुन दललाई सर्वोच्च अदालतले यथास्थितिमा राख्नु भनेको छ । उक्त दलका सांसदले के र कुन आधारमा भाग लिन पाउँछन् ? सर्वोच्च अदालतले दिएको अल्पकालीन आदेश कार्यान्वयनका लागि भन्दै हामी सर्वोच्चमा पुगेका हौं ।’

 जनता समाजवादी पार्टी नेपाल विभाजनसम्बन्धी अध्यक्ष यादवले दायर गरेको रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । निर्वाचन आयोगले वैशाख २४ गते गरेको निर्णय र त्यसका आधारमा भएका काम कारबाही जहाँ जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा राख्नु भनेर सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चले थप छलफलका लागि दुवै पक्षलाई मंगलबार बोलाएको छ । पार्टीभित्रको विवाद चर्चिएपछि नेता अशोक राईले जसपा नामक पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए ।

साभार : नेपाल प्रेस

`
12 comments
राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते न..

काठमाडौँ ,कार्तिक १२ गते । सरकारले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते आइतबारका दिन निर्वाच..

3 घन्टा पहिले

मधेश प्रदेशमा समुद्री आँधी “मोन्था” को उच्च जोखिम, सजग र..

जनकपुरधाम,कार्तिक १२ गते । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको अध्यक्षतामा प्रदेश विपत व्यवस्थापन क..

3 घन्टा पहिले

कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नय..

काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृ..

1 दिन पहिले

मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट

धनुषा, कात्तिक ११ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाज..

1 दिन पहिले

उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न

काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..

2 दिन पहिले