Janakpurdham
Tue, Sep 22, 2026
`

प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मत रोक्न सर्वोच्च पुगे उपेन्द्र यादव

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,जेठ ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार लिन लागेको विश्वासको मत रोक्न जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सर्वोच्च अदालत पुगेका छन् ।

केही दिनअघि सर्वोच्च अदातले जसपा नेपाल विभाजन भएर जसपा दल दर्ता भएको निर्णय यथास्थितिमा राख्न दिएको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयनको माग गर्दै यादव सर्वोच्च अदालत पुगेका हुन् ।

सर्वोच्च पुगेका यादवले नेपाल प्रेससँग भने, ‘हाम्रो दलबाट विभाजन भएर गठन भएको दलले सरकारलाई समर्थन दिएको छ । उक्त दललाई आधिकारिता नदिनु र यथास्थितिमा राख्नु भनेर सर्वोच्च अदालतले अल्कालीन अन्तरिम आदेश दिएको छ, तर प्रधानमन्त्रीज्यूले सोमबार विश्वासको मत लिँदै हुनुहुन्छ । जुन दललाई सर्वोच्च अदालतले यथास्थितिमा राख्नु भनेको छ । उक्त दलका सांसदले के र कुन आधारमा भाग लिन पाउँछन् ? सर्वोच्च अदालतले दिएको अल्पकालीन आदेश कार्यान्वयनका लागि भन्दै हामी सर्वोच्चमा पुगेका हौं ।’

 जनता समाजवादी पार्टी नेपाल विभाजनसम्बन्धी अध्यक्ष यादवले दायर गरेको रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । निर्वाचन आयोगले वैशाख २४ गते गरेको निर्णय र त्यसका आधारमा भएका काम कारबाही जहाँ जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा राख्नु भनेर सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चले थप छलफलका लागि दुवै पक्षलाई मंगलबार बोलाएको छ । पार्टीभित्रको विवाद चर्चिएपछि नेता अशोक राईले जसपा नामक पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए ।

साभार : नेपाल प्रेस

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

12 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

12 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

1 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

1 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले