
मधेशी अपाङ्गता भएका व्यक्तिहरूको प्रदेश स्तरिय प्रशिक्षक प्रशिक्षण सम्पन्न
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम ,८ गते जेठ ।मधेशका अपागता भएका मधेशी समुदायको समानता र समावेशिताका लागि संघर्ष गरिरहेका यस प्रदेशका आठै जिल्लाका ३० जना सहभागीता दिइएको तिन दिवसीय प्रशिक्षक प्रशिक्षण सोमबार सम्पन्न भएको छ ।
डिसेवलिटी राइट फन्ड(डिआरएफ)को आर्थिक सहयोग र आपाङग समाज जनकपुरको आयोजनामा भएको उक्त तालिममा सहभागीहरुलाई दिगो विकासको स्थानीयकरणका निम्ति मधेशी अपाङगता भएका व्यक्तिहरुको संघसंस्थाका नेतृत्वहरुलाई अपाङगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धि र दिगो विकासका लागि २०३० एजेण्डा तथा दिगो विकास लक्ष्यहरु सम्बन्धि प्रशक्षिण दिइएको आयोजक संस्थाका अध्यक्ष शत्रुघनलाल कर्णले जानकारी दिनुभयो ।
प्रशिक्षणको समापद सत्रमा बोल्दै मुख्य प्रशिक्षक तथा डिआरएफका नेपाल प्रमुख कृष्ण गहतराजले प्रशिक्षणमा सहभागीहरुले तिन दिन सम्म लिएका प्रशक्षिणपछि अब पालिकास्तरमा रहेका मधेशी अपाङगता भएकाहरुको हकहितका लागि समाङगहरु संग समन्वयमा सम्बादको माध्यमले समाजमा स्थापित हुन आग्रह गर्नुभयो । उहाँले तिन दिन सम्म दिगो विकासको स्थानीयकरणका निम्ति मधेशी अपाङगता भएका व्यक्तिहरुको संघसंस्थाका नेतृत्वहरुलाई अपाङगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धि र दिगो विकासका लागि २०३० एजेण्डा तथा दिगो विकास लक्ष्यहरु सम्बन्धमा तालिम प्रदान गर्नुभएको थियो । सो तालिमको समापन सत्रमा बोल्दै आयोजक संस्था अपाङ समाज जनकपुरका अध्यक्ष शत्रुघनलाल कर्णले तालिममा सिकेका ज्ञानलाई पालिका स्तरमा गएर अपाङगहरुको हितमा काम गर्ने आग्रह गर्नुभयो ।
समापन सत्रमा राष्ट्रिय अपाङग महासंघ मधेश प्रदेशका अध्यक्ष किरण पासमान, राष्ट्रिय अपाङ महिला पुनसर््थापना केन्द्रका अध्यक्ष बिना चौधरी लगायत मधेश प्रदेशका जिल्लाहरुका अपाङगता संग जोडिएका संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..
काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..
14 घन्टा पहिले
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..
काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..
14 घन्टा पहिले
मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..
काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..
2 दिन पहिले
सन्दीपकाे उत्कृष्ट बलिङमा नेपालकाे सनसनी जित
काठमाडौं , असोज २७ गते । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर..
2 दिन पहिले
थ्रीलर म्याचमा युएईमाथि नेपालको जित
काठमाडाैं, असाेज २६ : आईसिसी टि२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले विजयी सुर..
3 दिन पहिले