राजनीतिक स्थिरता र सुशासनका लागि प्रधानमन्त्रीलाई विश्वासको मत: अध्यक्ष नेपाल
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,जेठ ८ गते । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले शान्ति, समृद्धि, सुशासन तथा स्थिरताका लागि वर्तमान प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताउनु भएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले समाजवादी प्रेस सङ्गठन नेपाल धनुषाको आयोजनामा आज जनकपुरधाममा सम्पन्न भएको पत्रकार सम्मेलनमा बोल्दै आफ्नो पार्टी मुलुकमा राजनीतिक स्थिरता मार्फत जनताको जनजीवनमा परिवर्तन ल्याउन चाहेको बताउनु भयो ।
उहाँले प्रतिनिधि सभामा भइरहेको विरोध तथा प्रदर्शनको समस्याको समाधान वार्ता तथा संवाद मार्फत हुनु पर्ने पक्षमा आफ्नो पार्टी दृढ भएको बताउनु भयो ।
उहाँले नयाँ आर्थिक वर्षका बजेट ल्याउने वेला भएकाले अहिलेको विरोध प्रदर्शनको सम्बोधनका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू एक ठाउँमा बसेर वार्ता तथा संवाद मार्फत समस्याको समाधान गर्नु पर्ने आवश्यकतामा जोड दिनु भयो ।
अध्यक्ष नेपालले ४ वटा दलहरूको सहभागितामा बनेको समाजवादी मोर्चाका एक प्रमुख घटकमा आएको विभाजनले समाजवादी मोर्चामा पुनर्संरचनाको आवश्यकता भएको बताउनु भयो ।
एक प्रश्नको जवाफमा पूर्व प्रधानमन्त्री नेपालले पछिल्लो राजनीतिक परिवर्तनका कारणले मधेश प्रदेश सरकारमा परिवर्तन हुनु स्वभाविक भएको बताउँदै आफ्नो पार्टी सरकारमा सहभागी हुने विषय परिस्थितिले निर्माण गर्ने बताउनु भयो ।
उहाँले केन्द्रमा आफूहरू एमाले सहितको अहिलेको गठबन्धन सरकारमा भएपनि नेकपा एमालेसँग नेकपा एसको पार्टी एकीकरणको कुनै सम्भावना नभएको बरु नेकपा एस महाधिवेशनको तयारीमा जुटेको बताउनु भयो ।
समाजवादी प्रेस सङ्गठन नेपाल धनुषाका अध्यक्ष अकुल प्रसाद साहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टीका सचिवालय सदस्य रामचन्द्र झा, मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्द न्यौपाने, श्रम तथा यातायातमन्त्री बेची लुंगेली सहितका नेताहरू सहभागी हुनु भएको थियो ।
साभार : रेडियो नेपाल
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
12 घन्टा पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
12 घन्टा पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
1 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
1 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक