प्रथम राष्ट्रपति यादव भन्छन्- कैलाश सिरोहियाकाे पक्राउ विधिकाे शासनअनुसार भएन
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
पोखरा,जेठ १२ गते । प्रथम राष्ट्रपति डा. रामवरण यादवले कान्तिपुर मिडिया हाउसका सञ्चालक कैलाश सिरोहियालाई गरिएको पक्राउ विधिको शासनअनुसार नभएको जिकिर गरेका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीको १७औं साधारणसभा तथा १२ औं अधिवेशन शनिबार उद्घाटन गर्दै प्रथम राष्ट्रपति यादवले संविधानमा भएको व्यवस्था सरकारमा भएकाले पालना नगरेको बताए ।
‘कान्तिपुर मिडिया हाउसका मान्छेलाई सरकारले जुन प्रकारले समातेको छ, त्यो विधिको शासनअनुसार छैन । त्यसलाई चिठीपत्र काटेर, भूल भएछ भनेर सीडीओ अफिसले एक पत्र काट्दिन्थ्यो । यति गते हाजिर हुनुस् भन्थ्यो । त्यो दिन सच्याइदिन्थ्यो’, उनले भने ।
‘मैले राजनीति जनकपुरबाट सुरु गरेको । त्यो मान्छे पनि जनकपुरबाट । त्यस (कैलाश)को पिताजी घासीराम मारवाडी सज्जन मान्छे थियो । अरु मारवाडीको रातारात नागरिकता भयो । उसले नागरिकता पाएन’, उनले भने ।
उनले थपे, ‘युवराज ज्ञवाली नाम सुन्नुभएको होला, कान्तिपुरमा सुरु गरेर, नागरिक (पत्रिका)को विनोदका बुवा । पञ्चायतको बेलामा ऊ सीडीओ भएर गएको थियो । जसले घुस दिन्थ्यो, उसको नागरिकता बन्थ्यो, घासीराम मारवाडीको हुँदैन । पछि युवराजले नागरिकता दिनुभयो ।’
साभार : नेपाल प्रेस
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
11 घन्टा पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
11 घन्टा पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
1 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
1 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक