Janakpurdham
Tue, Sep 22, 2026
`

लेखेकै आधारमा मिडियालाई नियन्त्रण नगर्न प्रधानमन्त्रीलाई देउवाको सुझाव

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ : नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समाचार लेखेकै आधारमा सञ्चारमाध्यममाथि नियन्त्रण गर्न खोजिनु गलत हुने भन्दै सुझाएका छन्।

प्रधानमन्त्री दाहालसँग आइतबार विहान भएको भेटमा कांग्रेस सभापति देउवाले यस्तो भनाई राखेका हुन्   आइतबार प्रेस युनियनको स्थापना दिवसका अवसरमा आयोजित एक कार्यक्रममा सभापति देउवाको भनाई उद्धृत गर्दै कांग्रेस महामन्त्री गगन थापाले उक्त जानकारी गराएका हुन्। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता प्रकरणबारे पक्राउ परेको प्रसंगमा सभापति देउवाले प्रचण्डसँग उक्त कुरा राखेका हुन्।

प्रेस युनियनको कार्यक्रममा महामन्त्री थापाले भने, ‘हाम्रो पार्टी सभापति शेरबहादुर देउवाले अस्तीको दिन प्रधानमन्त्रीलाई भनेको म सम्झन्छु, स्थापना भएदेखि आजसम्मको कान्तिपुर तपाईं पल्टाएर हेर्नस्, कान्तिपुरले आजसम्म सबैभन्दा बढी गाली गरिएको, सबैभन्दा बढी आलोचना गरिएको र सबैभन्दा बढी लखटिएकोमा एक नम्बरमा मेरो नाम आएन भने भन्नुहोला।’

प्रधानमन्त्री दाहाललाई देउवाले भनेको कुरा जानकारी दिँदै थापाको थप भनाई थियो, ‘म लखेटिएको र गाली खाएको छु । तर म र मेरो पार्टीको कुरा छ, त्यो ठिक वा गलत के थियो आफ्नो ठाउँमा जबाफ दिउँला। तर यसको आधारमा, मेरा बारेमा के लेखियो भन्ने आधारमा मिडियालाई कन्ट्रोल गर्न थालियो भने कहाँ पुग्छ, यो गलत हो ।’

कार्यक्रममा महामन्त्री थापाले सरकारले निरंकुशताउन्मुख रबैया देखाउन खोजेको बताएका छन् । नयाँ गठबन्धन अनुदारवादी बन्दै गएको भनाई थापाले राखे। अर्को प्रसङगमा थापाले सहकारीमा कांग्रेसले भनेकै जस्तो संसदीय छानबिन समिति बन्ने दाबी पनि गरे।

साभार : काठमाडौं प्रेस

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

10 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

10 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

1 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

1 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले