Janakpurdham
Sat, Oct 25, 2025
`

बजेटले दिर्घकालीन परिणाम र प्रतिफल दिंदैन : डा.महत

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ १८ : पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले सरकाले ल्याएको बजेटले दिर्घकालिन परिणाम र प्रतिफल दिने खालको नरहेको टिप्पणी गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित मुलुकको आर्थिक अवस्था र बजेट समीक्षा कार्यक्रममा उनले आन्तरिक ऋण जुन मात्रामा बढाइएको बताउँदै त्यसले बैदेशिक ऋणको प्रस्तावित ऋण पनि कार्यान्वयन गर्न कठिन हुने बताए।

‘अहिले चित्त बुझाउने मात्र होइन् नि दिर्घकालिन परिणाम र प्रतिफल नआउने लगानी गर्ने छुट हामीलाई छैन्। किनकी हामी ऋण लिएर लगानी गर्दैछौं । ऋणको साँवा ब्याज तिरेर पनि केही थप गर्ने लक्ष्य राख्नुप¥यो नि। त्यो नराखी ऋणमा निर्भरता गर्ने भनेको अत्यन्तै गलत नीति हो,’ उनले भने ।

बैदेशिक ऋणको हकमा प्रस्तावित ऋण पनि कार्यान्वयन क्षमता कठिन भएकाे बताउँदै उनले यसले गर्दा बजेटले राखेको प्रस्ताव कार्यान्वयन नहुने अवस्था आउने बताए।

उनले ८९ अर्ब आन्तरिक ऋण यस बर्ष प्रस्तावित गरेको भनेर बढाएको भन्दै यसले निजी क्षेत्रले प्राप्त गर्ने ऋणमा दवाव पर्ने बताए ।

सरकारले ऋण लिएर वितरण गर्ने नीति लडाकुलाई भरणपोषण गर्ने र सिमित साधन स्रोतको ठूलो दुरुपयोग गर्ने मनसायले लिएको आरोप लगाए।

साभार : काठमाडौं प्रेस

`
12 comments
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

1 दिन पहिले

धमाधम छठ पर्वको तयारी सुरु

जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..

1 दिन पहिले

जनकपुरधाममा छठपर्वको तयारी सुरु

धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..

2 दिन पहिले

तोकिएकै समयमा निर्वाचन हुनुपर्छः प्रचण्ड

महेन्द्रनगर (धनुषा) ,कार्तिक ५ गते । नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्..

2 दिन पहिले

जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..

काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..

3 दिन पहिले