Janakpurdham
Thu, Oct 15, 2026
`

पत्रकार महासंघका सदस्यको अन्तिम नामावली प्रकाशन गर्न ६ संगठनको संयुक्त वक्तव्य

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,जेठ १९ गते । नेपाल पत्रकार महासंघले २७ औं केन्द्रीय महाधिवेशनका लागि वैशाख मसान्तभित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउनुपर्नेमा हालसम्म पनि आधिकारिक सूची उपलब्ध नगराइएकोप्रति ६ संगठनले आपत्ति जनाएका छन्।

प्रेस चौधारी, प्रेस सेन्टर लगायत ६ संगठनले आज संयुक्त प्रेस वक्तव्य जारी गरेर पत्रकार महासंघको ध्यानकर्षण गराएका हुन्। जेठ २६ गते केन्द्र, प्रदेश, शाखा, प्रतिष्ठान र एशोशियटको नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने घोषणा गरिएपनि अहिलेसम्म सदस्यता विवाद टुंगिएको छैन।

संयुक्त वक्तव्यमा भनिएको छ, ‘सदस्यहरूको अद्यावधिक नामावलीको सूची नबुझाइएकै कारण हालसम्म पनि निर्वाचन कार्यतालिका प्रकाशित हुन सकेको छैन । हामी देहायका संगठनहरू नेपाल पत्रकार महासंघको निर्वाचनलाई तोकिएको मितिमा निर्वाध रूपमा सम्पन्न गर्न केन्द्रीय नेतृत्वबाटै अवरोध भइरहेकोमा ख्रेद व्यक्त गछौं।’

 तोकिएकै समयमा निर्वाचनको वातावरण बनाउँन माग गर्दै नेपाल पत्रकार महासंघका अद्यावधिक सदस्यहरुको नामावली तत्काल निर्वाचन समितिलाई बुझाई सार्वजनिक गर्न र उक्त नामावलीमा छुट भएका क्रियाशील पत्रकारहरूको नामावली समावेश गरी निर्वाचन समितिबाट प्रक्रिया बमोजिम अन्तिम नामावली प्रकाशन गर्ने वातावरण मिलाउन समेत माग गरेका छन्।
 

`
12 comments
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

15 मिनट पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुà¤..

17 मिनट पहिले

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

1 दिन पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

1 दिन पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

2 दिन पहिले