Janakpurdham
Sun, May 10, 2026
`

बजेटप्रति ओलीको असन्तुष्टी

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ १९ : एमाले अध्यक्ष केपी ओलीले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि व्यक्त जनाएका छन्। शनिवार बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्याइएको बताए।

ओलीले बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको भन्दै उनले बजेट निर्माणको प्रक्रियामा नै सरकारले कमीकमजोरी गरेको आरोप लगाए।

ओलीले यो बजेट अर्थमन्त्री र उनको पार्टीको जस्तो बनेको बताए। ओलीले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री र उनको दलको जस्तो बनेको भनेर टिप्पणी गर्दै सरकारमा सहभागी दलसँग परामर्श गरेर बजेट ल्याएको भए राम्रो हुने थियो भनेका छन्।

‘यो बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर छलफल गरेर आएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो। छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो देखिन गएको छ । रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको जस्तो देखिन्छ,’ उनले भने।

ओलीले यसरी एकतर्फी रुपमा आएको बजेटमा गम्भीर त्रुटि रहेको भन्दै संसदमा खुलस्त छलफल गर्न सांसदहरुलाई निर्देशन दिए। सांसदहरुले आफ्नो क्षेत्रमा बजेटको अवस्था के छ, कटौती भएको छ र अन्य क्षेत्रमा गएको छ भने कुरा उठाउन सक्ने उनको सुझाव थिया ।

‘हामी बजेटलाई समर्थन गर्छौं र पारित पनि गर्छौं । तर यसको अर्थ बजेटमा रहेको कुनै पनि कमी औंल्याउनुहुँदैन भन्ने होइन,’ ओलीले भने।  

ओलीले गठबन्धन भनेपछि सरकारले यसको मर्म र भावनालाई बिर्सन नहुने भन्दै सहकार्यमा एकलौटी चल्न नसक्ने धारणा व्यक्त गरेका थिए।

साभार : काठमाडौं प्रेस

`
12 comments
न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोज..

काठमाडौं, वैशाख २६ : कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संवैधानिक सर्वोच्चता र विधिको शासनम..

5 घन्टा पहिले

‘देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक, त्यस..

कैलाली, वैशाख २६ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा..

5 घन्टा पहिले

सार्वजनिक जग्गा खाली गर्ने सूचनापछि धनुषामा सुकुमवासीक..

धनुषा, वैशाख २५ : जगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना निकालेपछि जारी गरेपछि धनुषाको महेन्द्र..

1 दिन पहिले

पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यला..

काठमाडौं, वैशाख २५ : प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको कूटनीतिक तथा सांस्कृतिक सम्बन्धलाई थप सु..

1 दिन पहिले

नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा..

काठमाडौं, वैशाख २४ : विदेशी नागरिकहरूले नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा (ट्रेकिङ) गर्न अध..

2 दिन पहिले