Janakpurdham
Sat, Nov 23, 2024
`

पुराना दलहरु स्वपाले बिगार्‍यो भन्दै पन्छिन खोजेका छन् : सांसद झा

6 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ २० : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशमा राजनीतिक, अर्थतन्त्र, संसदीय व्यवस्था, कर्मचारीतन्त्र, निजी क्षेत्रको आत्मविश्वास राम्रो नभएको बताए।

आफ्नो दल राजनीतिमा आएको २३ महिना, सदनमा १७ महिना र सरकारमा आएको १२२ दिन भएको भन्दै उनले केही दल दलका अग्रजहरूमा तिमीहरूले बिगारेको भन्ने र पन्छिने अवस्था देखिएको बताए।

‘२३ महिनामा राजनीति, १७ महिनामा सदन र १२२ दिनमा राज्यव्यवस्था बुझ्न केही बाँकी छ होला। हामी प्रयासहरु गर्दैछौं,’ उनले भने, ‘हामी अरु केही विकल्प नभएर राजनीतिमा आएको राजनीतिज्ञहरू पनि होइनौं। हाम्रो विगत कमजोर पनि थिएन। हामी जेलमा यति दिन बस्यौँ र बागबजारमा यतिचोटि टायर बाल्यौँ भन्ने आधारमा राजनीतिमा उभिइरहेको पनि छैन। हामीसँग अरु धेरै आधार छ।’

सांसद झाले आफूहरु केही गर्न आएको बताउँदै केही गर्ने प्रयास गरिरहेको बताए।

झाले राजनीतिले धेरै ‘कोर्ष’ परिवर्तन गरेको भन्दै ‘करिकुलम’ पनि परिवर्तन गर्न जरुरी रहेको बताए।

‘कक्षा–५ को किताब पढेर एसईई पास हुँदैन। व्यवस्था परिवर्तन भयो, अवस्था अलेलि परिवर्तन भयो। सबै परिवर्तन मैले गर्दा भयो भनेर क्रेडिट लिन सकिन्न,’ उनले भने, ‘राजनीतिमा दुईवटा कुरा भन्न सकिँदैन, कपीराइट र क्रेडिट।”

साभार : काठमाडौं प्रेस

`
12 comments
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट

काठमाडौं, मंसिर ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द..

13 घन्टा पहिले

अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र

झापा,२०८१ मंसिर ८ गते । सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगाय..

13 घन्टा पहिले

विवाह पञ्चमीको तयारी गर्न मुख्यमन्त्री सिंहको निर्देशन

जनकपुर,मंसिर ७ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मङ्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीत..

2 दिन पहिले

मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनि..

काठमाडौं, मंसिर ६ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरक..

2 दिन पहिले

स्थानीय तह उपनिर्वाचन: ४१ ठाउँमा २० दल र स्वतन्त्रसहित ३..

काठमाडौं, मंसिर ६ । स्थानीय तह उपनिर्वाचनको कार्यतालिका अन्तर्गत बुधबार निर्वाचन आयोगले उम्मेदवारको अन्तिम..

3 दिन पहिले