जनमत पार्टीद्वारा मधेश प्रदेश सभा बैठक अवरुद्ध
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, जेठ २१ः जनमत पार्टीले मधेश प्रदेश सभा अधिवेशनको पहिलो बैठक अवरुद्ध गरेको छ।
पार्टीले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको भवन शिलान्यासको क्रममा भएको घटनाको छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध गरेको हो। कृषि विश्वविद्यालयको भवन शिलान्यासका क्रममा प्रहरीको बल प्रयोग गर्दा गत माघ माघ ८ गते तत्कालीन शिक्षा मन्त्री समेत रहेका जनमत संसदीय दलका नेता महेश प्रसाद यादवसहित केही सांसदहरु घाइते भएका थिए।
राजविराज घटना यता जनमतले छानबिन समितको माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ। उक्त प्रकरणमा छानबिन समित नबनेसम्म सदन चल्न नदिने अडान समेत जनमतले लिएको छ।
बैठक अवरुद्ध भएपछि सभामुख रामचन्द्र मण्डलले केही समयका लागि बैठक स्थगित गरेका छन्।
साभार : काठमाडौं प्रेस
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
10 घन्टा पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
10 घन्टा पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
1 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
1 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक