Janakpurdham
Wed, Aug 27, 2025
`

जनकपुरधाममा छठ पर्वको तयारी तीव्र, गंगासागरमा विशेष सरसफाइ

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । जनकपुरधाममा विशेष धुमधामका साथ भव्य रुपमा मनाइने छठ पर्वको तयारी तीव्र रुपमा शुरु भएको छ ।जनकपुरधामको प्रसिद्ध गंगासागर क्षेत्र लक्षित गरेर जनकपुरधाम उपमहानगरपालिकाको अगुवाई तथा विभिन्न संस्थाहरूको सहभागितामा बृहत् सरसफाइ कार्यक्रम आज सम्पन्न भएको छ ।जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहको अगुवाइमा सशस्त्र प्रहरी, नगर प्रहरी, गंगासागर छठ पूजा समिति तथा बजरङ्ग युवा क्लबको सहभागितामा सरसफाइ गरिइएको छ ।

गंगासागर क्षेत्रमा लगाइएको टहराहरू हटाउने काम भएको छ । जनकपुरधाममा सबै भन्दा भव्य रुपमा गंगासागर, धनुषसागर, अंगराजसर सहितको पोखरी एवं तलाउमा भव्य रुपमा छठ पूजाको आयोजना हुँदै आएको छ । नगरप्रमुख साहले विशेष सरसफाइ निरन्तर रुपमा नै जारी रहने बताउनुभयो ।नगरपालिकाले नियमित रुपमा गर्दै आएको सरसफाइका अतिरिक्त मिथिलाको सबै भन्दा ठूलो तथा महान् छठ पर्वलाई लक्षित गरेर नियमित रुपमा विशेष सरसफाइ गरिने नगरप्रमुख साहले बताउनु भयो । गंगासागर क्षेत्रको छठ हेर्नका लागि देशी तथा विदेशी पर्यटकहरू पनि जनकपुरधाम आउने गरेका छन् ।जनकपुरधाममा रहेको ७२ पोखरी मध्ये करिब दुई दर्जन पोखरीहरूमा छठ घाटको निर्माण गर्ने काम शुरु भएको छ । अधिकांश घाटहरूमा पूजा समिति नै निर्माण गरेर सरसफाइ गर्ने काम भइरहेको छ । जनकपुरधामको बाल्मिकीसर छठ पूजा समितिले सरसफाइका साथ घाटको निर्माण गरिरहेको वाल्मीकि युवा क्लबका पूर्व अध्यक्ष कृष्णा सिंहले जानकारी दिनु भयो ।

छठ पर्वमा प्रकृतिको संरक्षण गर्नु पर्ने गहिरो सन्देश दिने भएकाले पानीको श्रोत भएको ठाउँको सरसफाइ तथा संरक्षण गर्ने सन्देश युवा देखि बालबालिकाहरूमा प्रवाहित भएकोले यसलाई निक्कै सकारात्मक रुपमा लिइएको छ ।छठ पर्वमा अत्यधिक मात्रामा सामाग्रीहरूको प्रयोग हुने भएकाले छठ पर्व हुने हरेक घरहरूमा यसको तयारी १५ दिन अगाडी देखि नै शुरु भएको छ । अहिले हाट बजार सबै तीर छठकै सामानहरूको किनमेल बढी मात्रामा हुने गरेको छ ।साभार : रेडियो नेपाल

`
12 comments
मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै

जलेश्वर (महोत्तरी),भदौ १० गते । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर..

1 दिन पहिले

जनकपुरधाममा राष्ट्रिय मुक्ति पार्टी धनुषा समितिको बैठक..

जनकपुरधाम, २०८२ भदौ ९ गते ।राष्ट्रिय मुक्ति पार्टी धनुषा जिल्ला समितिको दुई दिनदेखि चलिरहेको तयारी बैठक सोमबार स..

2 दिन पहिले

मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..

जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..

2 दिन पहिले

सुटकेसभित्र महिलाको शव

रौतहट ,भदौ ८ गते । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको ..

2 दिन पहिले

प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..

काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले  प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..

4 दिन पहिले