जनकपुरधाममा छठ पर्वको तयारी तीव्र, गंगासागरमा विशेष सरसफाइ
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । जनकपुरधाममा विशेष धुमधामका साथ भव्य रुपमा मनाइने छठ पर्वको तयारी तीव्र रुपमा शुरु भएको छ ।जनकपुरधामको प्रसिद्ध गंगासागर क्षेत्र लक्षित गरेर जनकपुरधाम उपमहानगरपालिकाको अगुवाई तथा विभिन्न संस्थाहरूको सहभागितामा बृहत् सरसफाइ कार्यक्रम आज सम्पन्न भएको छ ।जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहको अगुवाइमा सशस्त्र प्रहरी, नगर प्रहरी, गंगासागर छठ पूजा समिति तथा बजरङ्ग युवा क्लबको सहभागितामा सरसफाइ गरिइएको छ ।

गंगासागर क्षेत्रमा लगाइएको टहराहरू हटाउने काम भएको छ । जनकपुरधाममा सबै भन्दा भव्य रुपमा गंगासागर, धनुषसागर, अंगराजसर सहितको पोखरी एवं तलाउमा भव्य रुपमा छठ पूजाको आयोजना हुँदै आएको छ । नगरप्रमुख साहले विशेष सरसफाइ निरन्तर रुपमा नै जारी रहने बताउनुभयो ।नगरपालिकाले नियमित रुपमा गर्दै आएको सरसफाइका अतिरिक्त मिथिलाको सबै भन्दा ठूलो तथा महान् छठ पर्वलाई लक्षित गरेर नियमित रुपमा विशेष सरसफाइ गरिने नगरप्रमुख साहले बताउनु भयो । गंगासागर क्षेत्रको छठ हेर्नका लागि देशी तथा विदेशी पर्यटकहरू पनि जनकपुरधाम आउने गरेका छन् ।जनकपुरधाममा रहेको ७२ पोखरी मध्ये करिब दुई दर्जन पोखरीहरूमा छठ घाटको निर्माण गर्ने काम शुरु भएको छ । अधिकांश घाटहरूमा पूजा समिति नै निर्माण गरेर सरसफाइ गर्ने काम भइरहेको छ । जनकपुरधामको बाल्मिकीसर छठ पूजा समितिले सरसफाइका साथ घाटको निर्माण गरिरहेको वाल्मीकि युवा क्लबका पूर्व अध्यक्ष कृष्णा सिंहले जानकारी दिनु भयो ।

छठ पर्वमा प्रकृतिको संरक्षण गर्नु पर्ने गहिरो सन्देश दिने भएकाले पानीको श्रोत भएको ठाउँको सरसफाइ तथा संरक्षण गर्ने सन्देश युवा देखि बालबालिकाहरूमा प्रवाहित भएकोले यसलाई निक्कै सकारात्मक रुपमा लिइएको छ ।छठ पर्वमा अत्यधिक मात्रामा सामाग्रीहरूको प्रयोग हुने भएकाले छठ पर्व हुने हरेक घरहरूमा यसको तयारी १५ दिन अगाडी देखि नै शुरु भएको छ । अहिले हाट बजार सबै तीर छठकै सामानहरूको किनमेल बढी मात्रामा हुने गरेको छ ।साभार : रेडियो नेपाल
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..
14 घन्टा पहिले
कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..
14 घन्टा पहिले
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
2 दिन पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
2 दिन पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
3 दिन पहिले