Janakpurdham
Tue, Aug 05, 2025
`

मधेश : मन्त्रालय बाँडफाँडमा सकस परेपछि सरकारको दाबीमा ढिलाइ

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, जेठ २४ गते । मधेश प्रदेशमा बन्ने नयाँ सरकारमा सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँडमा सकस परेपछि सरकार दाबीमा ढिलाइ भएको छ ।प्रदेश प्रमुख सुमित्रा भण्डारीले हिजो राति नै शुक्रवार बिहान १० बजेभित्र नयाँ सरकारको दाबी गर्न आह्वान गरेकी हुन् ।

सत्ता गठबन्धनले आजै ५५ सांसदको हस्ताक्षरसहित नयाँ सरकारको दाबी गर्ने जनाएको छ । तर दलहरुबीच मन्त्रालय बाँडफाँडमा सकस परेको बुझिएको छ । नेकपा एमाले, नेकपा एमाले र जनमत पार्टीबीच जनमतको नेतृत्वमा सरकार बनाउने सहमति भएको थियो । पछि नेकपा एस पनि जनमतको नेतृत्व स्वीकार्न तयार भयो । जनमतले मुख्यमन्त्रीका लागि सतिश कुमार सिंहको नाम सारेको छ ।

 मन्त्रालय बाँडफाँड टुङ्ग्याउन मधेश भवनमा सत्ता गठबन्धन दलबीच छलफल भएको छ । बिहान करिब ११ बजेदेखि निरन्तर छलफल गर्दा पनि कुरा नमिलेको बैठकमा सहभागी एक सांसदले बताए ।

उनका अनुसार अर्थ मन्त्रालय माओवादीलाई दिने आन्तरिक सहमति भएको थियो । तर नेकपा एसले अर्थ मन्त्रालयमा दाबी गरेपछि समस्या भइरहेको छ ।

नेकपा एसका सांसद प्रमोद कुमार यादवले अर्थ मन्त्रालय वा भौतिक पूर्वाधार मन्त्रालयमध्ये एकसहित तीन मन्त्रालय दिनुपर्ने बताए । उनले भने, ‘छलफल भइरहेको छ । एक चरणको छलफल सकेको छ । आजै पुनः छलफलमा बसेर टुङ्ग्याउने कुरा छ ।’माओवादी संसदीय दलका उपनेता युवराज भट्टराईले मन्त्रालय बाँडफाँड सम्बन्धमा ९५ प्रतिशत कुरा मिलेको दाबी गरे । कति वटा र कुन कुन मन्त्रालयमा दाबी रहेको विषयमा उनले केहि खुलाउन चाहेनन् ।स्रोतका अनुसार जनमतलाई मुख्यमन्त्री र एक मन्त्रालय, नेकपा एमालेलाई चार मन्त्रालय, नेकपा एस र माओवादीलाई दुई दुई मन्त्रालय बाँडफाँड गरी प्रदेश प्रमुखसमक्ष नयाँ सरकारको दाबी पेश गर्ने तयारी छ ।

साभार : नेपाल प्रेस

`
12 comments
बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..

काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..

1 दिन पहिले

लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..

काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..

1 दिन पहिले

‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’

काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..

2 दिन पहिले

जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी ..

मोरङ, साउन १७ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्..

2 दिन पहिले

जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय आवश्यक छ : मन्त..

काठमाडौं, साउन १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जहाज दुर्घटना जाँच सम्बन्धी स्थाय..

4 दिन पहिले