मधेश : मन्त्रालय बाँडफाँडमा सकस परेपछि सरकारको दाबीमा ढिलाइ
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, जेठ २४ गते । मधेश प्रदेशमा बन्ने नयाँ सरकारमा सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँडमा सकस परेपछि सरकार दाबीमा ढिलाइ भएको छ ।प्रदेश प्रमुख सुमित्रा भण्डारीले हिजो राति नै शुक्रवार बिहान १० बजेभित्र नयाँ सरकारको दाबी गर्न आह्वान गरेकी हुन् ।
सत्ता गठबन्धनले आजै ५५ सांसदको हस्ताक्षरसहित नयाँ सरकारको दाबी गर्ने जनाएको छ । तर दलहरुबीच मन्त्रालय बाँडफाँडमा सकस परेको बुझिएको छ । नेकपा एमाले, नेकपा एमाले र जनमत पार्टीबीच जनमतको नेतृत्वमा सरकार बनाउने सहमति भएको थियो । पछि नेकपा एस पनि जनमतको नेतृत्व स्वीकार्न तयार भयो । जनमतले मुख्यमन्त्रीका लागि सतिश कुमार सिंहको नाम सारेको छ ।
उनका अनुसार अर्थ मन्त्रालय माओवादीलाई दिने आन्तरिक सहमति भएको थियो । तर नेकपा एसले अर्थ मन्त्रालयमा दाबी गरेपछि समस्या भइरहेको छ ।
नेकपा एसका सांसद प्रमोद कुमार यादवले अर्थ मन्त्रालय वा भौतिक पूर्वाधार मन्त्रालयमध्ये एकसहित तीन मन्त्रालय दिनुपर्ने बताए । उनले भने, ‘छलफल भइरहेको छ । एक चरणको छलफल सकेको छ । आजै पुनः छलफलमा बसेर टुङ्ग्याउने कुरा छ ।’माओवादी संसदीय दलका उपनेता युवराज भट्टराईले मन्त्रालय बाँडफाँड सम्बन्धमा ९५ प्रतिशत कुरा मिलेको दाबी गरे । कति वटा र कुन कुन मन्त्रालयमा दाबी रहेको विषयमा उनले केहि खुलाउन चाहेनन् ।स्रोतका अनुसार जनमतलाई मुख्यमन्त्री र एक मन्त्रालय, नेकपा एमालेलाई चार मन्त्रालय, नेकपा एस र माओवादीलाई दुई दुई मन्त्रालय बाँडफाँड गरी प्रदेश प्रमुखसमक्ष नयाँ सरकारको दाबी पेश गर्ने तयारी छ ।
साभार : नेपाल प्रेस
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
16 मिनट पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुà¤..
18 मिनट पहिले
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
1 दिन पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
1 दिन पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
2 दिन पहिले