Janakpurdham
Fri, Aug 22, 2025
`

देशमा असन्तुष्टि बढ्यो, सरकार गम्भीर बनोस : सांसद् खान

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ २४ : जनमत पार्टीका सांसद अब्दुल खानले जनतासँग गरेको प्रतिवद्धताहरु पूरा गर्नको लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

विहीबार प्रतिनिधिसभाको बैठकमा उनले जनताको माग भनेको गुणस्तरीय र जीवनयापन गर्न उपयोगी निशुल्क शिक्षा, देशभित्र रोजगारीलगायत रहेको भन्दै यसमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए।

‘नेपालमा यस्तो प्रकारको असन्तुष्टिहरु किन व्याप्त छन्। जनताको आवश्यकता के हो, चाहना के हो? यदी हामीले जनताहरुसँग सोध्ने हो भने उहाँहरुको चाहना गुणस्तरीय र जीवनयापन गर्न उपयोगी निशुल्क शिक्षा, छिटो छरितो सेवा, देशभित्र रोजगारी, कार्यालयहरुमा छिटो काम, शान्ति, मलको व्यवस्थालगायतका माग छन्, यसमा गम्भीर भएर सोच्नुपर्छ,’ उनले भने।

हाल देशको अवस्था दयनीय र जर्जर रहेको भन्दै चारैतिर असन्तुष्टिहरु बढेको सांसद खानले बताए ।
‘हाल देशको अवस्था दयनीय र जर्जर छ । चारैतिर असन्तुष्टिहरु व्यापक छन । देशको आर्थिक वृद्धिदर २.२ प्रतिशतमा सिमित छ । कुल उत्पादनमा उद्योग क्षेत्रको योगदान झन घट्दै १२ प्रतिशतमा पुगेको छ,’ उनले भने।

कुल ग्रार्हस्थ्य उत्पादनको अनुपातमा आप्रवाह २२.७ प्रतिशत रहेको छ बताउँदै उनले तिर्न बाँकी कुल ऋण ४१.२ प्रतिशत रहेको बताए।

साभार : काठमाडौं प्रेस

`
12 comments
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..

18 घन्टा पहिले

सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..

2 दिन पहिले

म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..

काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..

2 दिन पहिले

संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..

काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..

2 दिन पहिले

‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’

काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..

2 दिन पहिले