Janakpurdham
Tue, Aug 05, 2025
`

एघार देशका राजदूत फिर्ता बोलाएर सरकारले मर्यादाको उल्लंघन गर्‍यो : उपेन्द्र यादव

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, जेठ २६ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतसहित ११ देशका राजदूतलाई फिर्ता बोलाएर सरकारले मर्यादाको उल्लंघन गरेको टिप्पणी गरेका छन् ।

पार्टीको महाधिवेशन तयारीबारे जानकारी गराउन जनकपुरधाममा शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयको विरोध गरे ।

उनले सरकारले देशको अन्तर्राष्ट्रिय छविसमेत बिगार्ने काम गरेको बताए । 

अध्यक्ष यादवले भने, ‘कतिपय मुलुकमा लाजमर्दो अवस्था छ । जस्तो भोलि भारतको प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा निम्तो पाएर प्रधानमन्त्री जाने र राजदूतलाई एक दिन अगाडि फिर्ता बोलाउने ! यो भनेको अत्यन्तै गलत हर्कत हो ।’ 

राजदूत फिर्ता बोलाउने सरकारको निर्णय कूटनीतिक मर्यादाविपरीत रहेको उनको भनाइ थियो । अध्यक्ष यादवले भने, ‘देशको अन्तर्राष्ट्रिय छवि बिगार्ने काम भएको छ । यो गलत हो । हाम्रो पार्टी यसको विरोध गर्छ ।’

दलीय भागबन्डामा राजदूत नियुक्त गर्न नै पहिलेका फिर्ता बोलाएको अध्यक्ष यादवको भनाइ छ ।

साभार : नेपाल प्रेस

`
12 comments
बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..

काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..

1 दिन पहिले

लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..

काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..

1 दिन पहिले

‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’

काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..

2 दिन पहिले

जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी ..

मोरङ, साउन १७ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्..

2 दिन पहिले

जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय आवश्यक छ : मन्त..

काठमाडौं, साउन १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जहाज दुर्घटना जाँच सम्बन्धी स्थाय..

4 दिन पहिले