Janakpurdham
Fri, Aug 22, 2025
`

जसपा विभाजनको रिट पूर्ण इजलासमा पठाउन आदेश

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ २७ : जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन सम्बन्धी विवादलाई सर्वोच्च अदालतको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउन आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय हरि फुयाल र तिलप्राद श्रेष्ठको संयुक्त इजलासले आइतबार विवादलाई तीनजना न्यायाधीश संलग्न पूर्ण इजलासमा पठाउन आदेश दिएको हो।

जसपा विभाजनलाई लिएर निर्वाचन आयोगको निर्णयविरुद्ध उपेन्द्र यादवले दिएको रिट यसअघि ‘हेर्दाहर्दै’ मा राखिएको थियो। रिटमा शुक्रबारबाट सुनुवाई शुरु भएको थियो।

निर्वाचन आयोगले अवैध रुपमा पार्टी फुटाउन भूमिका खेलेको दाबीसहित उक्त पार्टीका अध्यक्ष उपेन्द्र यादवले गत वैशाख ३१ मा रिट दायर गरेका हुन्। रिटमा आयोगको निर्णय बदर गर्न माग गरिएको छ।

उक्त रिटमा यसअघि सर्वोच्चले रिट निवेदकको माग वमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गर्दै निर्वाचन आयोगका निर्णय यथावत् राख्न आदेश दिएको छ। रिटमा निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र पार्टी विभाजन गर्ने सातजना सांसदलाई समेत विपक्षी बनाएका छन्।

रिटमा पार्टी फुटाएर अशोक राईको नेतृत्वमा नयाँ पार्टी खोल्न भूमिका खेल्ने सांसद र मन्त्रीलाई पदबाट निलम्बित गर्न समेत माग छ।

साभार : काठमाडौं प्रेस

`
12 comments
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..

18 घन्टा पहिले

सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..

2 दिन पहिले

म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..

काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..

2 दिन पहिले

संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..

काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..

2 दिन पहिले

‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’

काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..

2 दिन पहिले