Janakpurdham
Mon, Oct 27, 2025
`

लोसपालाई ‘झोसपा’ भनेर होच्याएपछि प्रदेशसभामा विवाद

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुर, जेठ २७  : मधेश प्रदेशसभाको आइतबार बसेको बैठकमा एमालेका सचेतक लखन दास तत्माले लोसपा पार्टीलाई ‘झोसपा’ भन्दै होच्याएपछि विवादको रुप लिएको छ।

एमालेका सचेतक तत्माले यस्तो आरोप लगाएपछि विपक्षी दल लोसपा र कांग्रेसका सांसदहरुले आपत्ति जनाए।

तत्माले महोत्तरी अस्पतालको प्रसङ्ग उठाउँदै लोसपालाई होच्याएका हुन्। अस्पतालको ८औं तहको अधिकृतलाई हटाएर दरबन्दी नै रहेको १० औं तहको कर्मचारी खटाइएको बताउँदै एमाले सचेतक तत्माले ‘त्यो कर्मचारी लोसपा–झोसपा वा एमालेका भएर’ सरुवा गरिएको बताएका थिए।

उनले यसरी लोसपालाई ‘झोसपा’ भनेपछि लोसपाका संसदीय दलका उपनेता उपेन्द्र महतो र प्रमुख सचेतक रानी शर्मा तिवारी उभिएर आपत्ति जनाए।

कांग्रेसका सांसदहरुले पनि तत्माको शब्दप्रति आपत्ति प्रकट गरेका थिए। त्यसपछि उपसभामुख बबिताकुमारी राउत इसरले लोसपालाई झोसपा भनिएको शब्द रेकर्डबाट हटाउन निर्देशन दिइन् । त्यसपछि मात्र विवाद साम्य भएको थियो । तत्माले होच्याएको ‘झोसपा’ शब्द संसद्को रेकर्डबाट हटाइएको छ।

साभार : काठमाडौं प्रेस

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

3 घन्टा पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

3 घन्टा पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

4 दिन पहिले