Janakpurdham
Tue, Sep 22, 2026
`

‘कांग्रेस सरकारमा जान मरिहत्ते गर्दैन’

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ ३० : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस सरकारमा जान मरिहत्ते नगर्ने बताएका छन्।नेपाल बैंक लिमिटेडको दशौं केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले डा. कोइरालाले नेपाली कांग्रेसलाई सरकारमा जाने हतारो नभएको बताए।‘हामी विपक्षमा नै बस्ने हो। सरकारमा जाने कुनै सोच छैन। अन्य दलजस्तो हामीलाई हतारो छैन,’ उनले भने, ‘आउने भए त्यसै आउँछ । कोसिस गरेर मरिहत्ते गरेर कांग्रेस सरकारमा जाँदैन।’

यस्तै, उनले राजनीतिमा अपराधिकरण बढेको बताएका छन्।‘राजनीतिमा अपराधिकरण बढेको छ। सहकारी क्षेत्रमा मात्र होइन अन्य क्षेत्र पनि अपराधिकरण छ,’ नेता कोइरालाले भने, ‘अनावश्यक रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, प्रहरीको सीआइबीले दुःख दिने काम गरिरहेका छन् । दल फुटाउन सक्रिय छन् । यस्ता अपराधिकरण थुप्रै बढीरहेको छ।’
 
देशको राजनीतिक तरल अवस्थामा रहेको उल्लेख गर्दै आठ तहका सरकारसरकार डेढ वर्षमा २३ पटक परिवर्तन हुनु दुर्भाग्यपूर्ण भएकाले दलहरुले गम्भीर भएर अघि बढ्नुपर्ने उनले बताए।राजनीति र सरकारको स्थीरता बिना आर्थिक विकास र शुसासन कायम नहुने भएकाले स्थिर सरकार बनाउन संविधान परिवर्तन गर्नुपर्ने उनको जोड थियो।नेपाल दुई ठूला देशको विचमा वा जियोपोलिटिक्सको प्रभावमा रहेकाले स्थिर सरकार अत्यावश्यक भएको उनको धारणा थियो।

साथै उनले नेपाल बैंक लिमिटेड राजनीति र व्यवस्थापकिय कमजोरीका कारण केही समस्या आएको भएपनि नेपालमा ठूला ब्यापारीहरुका लागि व्यवसायीक अभिबृद्धिका लागि ठूलो भूमिका निर्वाह गरेको उल्लेख गरे।उनले बैंकको भूमिकाको प्रशंसा गर्दै भविष्य उज्वल रहेको औंल्याए।

साभार : काठमाडौं प्रेस

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

9 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

9 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

1 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

1 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले