
महोत्तरीको सम्सी गाउपालिकामा सकारात्मक अभिभाकव सम्बन्धि एक दिने तालिम सुरु
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, जेठ ३२ गते ।महोत्तरी सम्सी गाउंपालिका अन्तर्गत सात वटा वडामा सकारात्मक अभिभावक सम्बन्धि एक दिने प्रशिक्षण ताालिम सुरु भएको छ ।
दलित समाज उत्थान समिति नेपाल जलेश्वरको अयोजनामा र वर्ल्ड भिजन नेपालको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।
अभिभावकलाई बालबालिकाहरु प्रतिको जिम्मेवारी बोध गराउनको लागि टोल–टोलमा गएर १२ वटा समूह गठन भएका दलित समाज उत्थान समिति नेपाल जलेश्वरकाे फिल्ड परिचालनकर्ता सुजित कुमार यादवले बताए ।
उनले हरेक समूहमा २५ जना ६ वर्ष मुनिका अति जोखिममा रहेका R.C. बालबालिकाको अभिभावकहरुलाई कार्यक्रममा सहभागी गराईएका जानकारी दिए ।
दलित समाज उत्थान समिति नेपाल जलेश्वरको सामाजिक परिचालनकर्ता एवं प्रशिक्षक माधवेन्द्र ठाकुरले बालबालिकाहरुको संरक्षण र हेरचाहको लागि अभिभावकको सकारात्मक भूमिका र मुख्य दायित्वको बारेमा सशक्त बनाउन प्रशिक्षण दिइएको जोड दिए ।
उनले नौं वटा समूहमा तालिम दिईसकेको र वांकि समूहलाई चाडै प्रशिक्षण दिईने उल्लेख गरे ।
उनले कार्यक्रममा सहभागिहरुलाई बाल सन्देश शिक्षाका संगै बालबालिकाहरुलाई हौसला बढाउन उत्प्रेरणा प्रदान गर्नका लागि प्रेरित गरेको जनाए । साथै कार्यक्रमले सहभागी अभिभावकहरुलाई बालबालिकाको जिम्मेवारी प्रति संवेदनशिल बनाउन खोजेको बताए ।

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन
काठमाडौं, असोज १ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ। जसनुसार परिक्ष..
6 घन्टा पहिले
Gen-Z आन्दोलन मा शहीदहरूको सम्झनामा जनकपुरधाममा श्रद्धाञ्..
जनकपुरधाम, अशोज १ ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान (MISH) जनकपुरधामको प्राङ्गणमा बुधबार साँझ एक श्रद्धाञ्जली सभा..
7 घन्टा पहिले
मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक..
काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीना..
1 दिन पहिले
कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हल..
काठमाडौं ,भदौ ३१ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले मुलुक..
1 दिन पहिले
मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष ख..
काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षत..
2 दिन पहिले