Janakpurdham
Thu, Aug 06, 2026
`

महोत्तरीको सम्सी गाउपालिकामा सकारात्मक अभिभाकव सम्बन्धि एक दिने तालिम सुरु

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, जेठ ३२ गते ।महोत्तरी सम्सी गाउंपालिका अन्तर्गत सात वटा वडामा सकारात्मक अभिभावक सम्बन्धि एक दिने प्रशिक्षण ताालिम सुरु भएको छ ।

दलित समाज उत्थान समिति नेपाल जलेश्वरको अयोजनामा र वर्ल्ड भिजन नेपालको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।  

अभिभावकलाई बालबालिकाहरु प्रतिको जिम्मेवारी बोध गराउनको लागि टोल–टोलमा गएर १२ वटा समूह गठन भएका दलित समाज उत्थान समिति नेपाल जलेश्वरकाे फिल्ड परिचालनकर्ता सुजित कुमार यादवले बताए । 

उनले हरेक समूहमा २५ जना ६ वर्ष मुनिका अति जोखिममा रहेका R.C. बालबालिकाको अभिभावकहरुलाई कार्यक्रममा सहभागी गराईएका जानकारी दिए । 

दलित समाज उत्थान समिति नेपाल जलेश्वरको सामाजिक परिचालनकर्ता एवं प्रशिक्षक माधवेन्द्र ठाकुरले बालबालिकाहरुको संरक्षण र हेरचाहको लागि अभिभावकको सकारात्मक भूमिका र मुख्य दायित्वको बारेमा सशक्त बनाउन प्रशिक्षण दिइएको जोड दिए । 

उनले नौं वटा समूहमा तालिम दिईसकेको र वांकि समूहलाई चाडै प्रशिक्षण दिईने उल्लेख गरे । 

उनले कार्यक्रममा सहभागिहरुलाई बाल सन्देश शिक्षाका संगै बालबालिकाहरुलाई हौसला बढाउन उत्प्रेरणा प्रदान गर्नका लागि प्रेरित गरेको जनाए । साथै कार्यक्रमले सहभागी अभिभावकहरुलाई बालबालिकाको जिम्मेवारी प्रति संवेदनशिल बनाउन खोजेको बताए ।

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

13 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

13 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

2 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

3 दिन पहिले