काठमाडौं फर्केपछि केन्द्रीय समिति घोषणा गर्छौं : उपेन्द्र यादव
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, जेठ ३२ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले काठमाडौं फर्केपछि केन्द्रीय समिति घोषणा गर्ने बताएका छन् ।
महाधिवेशनबाट १९ पदाधिकारी र १८१ केन्द्रीय सदस्य चयन गर्ने जिम्मेवारी अध्यक्ष यादवले पाएका हुन् । उनले आज जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै महाधिवेशन सफल भएको र केन्द्रीय समिति चाँडै घोषणा गर्ने जानकारी दिएका हुन् ।
सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘सबैलाई समेटेर सबैभन्दा राम्रो टिम बनाउने म्यान्डेड दिएको हो । अधिकार प्रत्यायोजन पनि लोकतान्त्रिक विधि नै हो ।’
जनकपुरधाममा तीन चार दिनसम्म चलेको जसपा नेपालको एकता महाधिवेशनबाट अध्यक्षमा यादवको एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएका थिए । तर अन्य पदाधिकारी र केन्द्रीय सदस्य चयन नगर्दै महाधिवेशन सकियो ।
चुनावबाट गर्दा समावेशी नहुने अबस्था सृजना भएपछि अध्यक्ष यादवले सर्वसम्मत चयन गर्ने अधिकार महाधिवेशनबाट मागेका थिए ।
प्रतिनिधीहरुले अधिकार अध्यक्ष यादवलाई प्रत्यायोजन गर्नुका साथै सबै उम्मेदवारले उम्मेदवारी त्यागेको घोषणा गरेका छन् । त्यसपछि महाधिवेशन सकेको घोषणा केन्द्रीय निर्वाचन समितिले गरेको थियो ।
साभार : नेपाल प्रेस
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
9 घन्टा पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
9 घन्टा पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
1 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
1 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक