
स्विटजरल्याण्डमा राष्ट्रपति पौडेललाई राजदूतावासको सम्मान
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, असार १ : राष्ट्रपति रामचन्द्र पौडेल स्विटजरल्याण्डस्थित नेपाली राजदूतावासद्वारा उनको सम्मानमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन्।सो अवसरमा राजदूत सुवेदीले स्वीस–नेपालको सम्बन्ध, विकास र सहयोगका विविध पक्षबारे राष्ट्रपति पौडेललाई जानकारी गराए।
उक्त अवसरमा राष्ट्रपति पौडेललाई स्विट्जरल्यान्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदी एवं स्विटजरल्याण्डस्थित नेपालीहरूले स्वागत गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
सो समारोहमा राजदूत सुवेदीले २५ वर्षपछि पहिलो पटक नेपालका राष्ट्रपतिसँग स्विट्जरल्यान्डका राष्ट्रपतिबाट भएको भेटले दुवै देशको सम्बन्ध अझ सुदृढ गराएको बताउँदै आईएलओको कार्यक्रममा उनको सम्बोधनले नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई स्थापित गराएको उल्लेख गरे।
राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय श्रम संगठनको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई बिहीबार मूख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए।
साभार : काठमाडौं प्रेस

कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तय..
काठमाडौं, कात्तिक १ : नेपाल विद्युत प्राधिकरणले आगामी कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तया..
8 घन्टा पहिले
तिहार आजबाट सुरु
काठमाडौं, कात्तिक १ : नेपाली हिन्दुहरु दोस्रो महान चाड तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा सुरु हुँदैछ। प्र..
8 घन्टा पहिले
कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत
काठमाडौँ ,असोज ३० गते । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशह..
2 दिन पहिले
आफ्नो कार्यकाल पूर्ण रुपमा सफल भएको छ : निवर्तमान मुख्यम..
जनकपुरधाम ,असोज ३० गते । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले नवगठित जनस्वराज पार्टी हालक..
2 दिन पहिले
मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त
जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..
3 दिन पहिले