
पत्रकार महासंघको निर्वाचन तालिकामा मधेशका आठै जिल्ला शाखाको आपत्ति
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,जेठ ८ गते । नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिका र मतदाता नामावलीमा मधेशका आठै जिल्ला शाखाले आपत्ति जनाएका छन् ।
मधेशका आठै जिल्ला शाखाले आज संयुक्त विज्ञप्ति जारी गर्दै केन्द्रीय निर्वाचन समितिले निर्णय नसच्याए चुनाव नगराउने चेतावनी दिएका हुन् ।केन्द्रीय निर्वाचन समितिको निर्णयविरुद्ध सप्तरीका अध्यक्ष श्रवणकुमार देव, सिरहाका अध्यक्ष मनोजकुमार वनैता, सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्री, रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, बाराका अध्यक्ष रेशम तिवारी, पर्साका अध्यक्ष अनुप तिवारी, महोत्तरीका सचिव राजकरण महतो र धनुषाका सचिव बटुकनाथ झाले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
महिना दिनअघि सार्वजनिक गरिएको सदस्यताको सूचीले ठूलो विवाद भई महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी हुँदा अध्यक्ष विपुल पोखरेलले सूची आधिकारिक होइन भन्दै विज्ञप्ति निकालेको तर, विज्ञप्तिमा सदस्यता नामावली सच्याउने प्रतिबद्धता गरेर ताला खुलाइए पनि त्यही सूची राखेर निर्वाचन समितिलाई बुझाउनुले केन्द्रले आफ्नो गलत चरित्रलाई आफैं उदांगो पारेको विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रले बलजफ्ती थपेका नामहरु नहटाइ, शुद्धीकरणको नाममा जिल्ला र प्रदेशले गरेको मेहनतलाई बेवास्ता गरी थोपरिएको मतदाता नामावली र विधानलाई मिचेर प्रकाशित निर्वाचन तालिकाअनुसार निर्वाचनका कार्यक्रम अगाडि बढाइए मधेश प्रदेशका जिल्ला शाखाहरुमा निर्वाचन गराउन नसक्ने विज्ञप्तिमा चेतावनी दिइएको छ ।

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..
काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..
1 दिन पहिले
लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..
काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..
1 दिन पहिले
‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’
काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..
2 दिन पहिले
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी ..
मोरङ, साउन १७ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्..
2 दिन पहिले
जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय आवश्यक छ : मन्त..
काठमाडौं, साउन १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जहाज दुर्घटना जाँच सम्बन्धी स्थाय..
4 दिन पहिले