Janakpurdham
Fri, Aug 22, 2025
`

हामीलाई सरकारबाट हटाउन सजिलो छैन : प्रधानमन्त्री दाहाल

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार ८ : प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको दल माओवादी केन्द्रलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन्।

काठमाडौंमा शनिबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले सरकार पुरा अवधि चलाउने दाबी गरे।

‘म प्रधानमन्त्री पदमा धेरै दिन बस्दैन होला भन्ने धेरै हल्लाहरु सुनिएको थियो, यो भन्दाभन्दै आज डेढ वर्ष भइसकेको छ, म बसिरहेकै छु। मैले जे अवस्थाहरु देखेको छु, तरिका मिल्यो भने पूरै अवधि बसिन्छ,’ उनले भने, ‘ढुक्क भएर काम गरे हुन्छ, हामीलाई हटाउन सजिलो छैन। हामीले गरेका समझदारीहरु इमानदार भएर निभाएका छौ, त्यसकारण आज केही हुन्छ भोलि के हन्छ भन्ने कुरा बेकार हो। त्यतातिर दिमाग लानै पर्दैन ।’

प्रधानमन्त्री दाहालले जनवादी क्रान्ति जस्तो लामो अवधि नभए पनि तुलनात्मक रुपले छोटो अवधिमा समाजवादी क्रान्तिको यात्रा नेपालमा प्रारम्भ हुने विश्वास लिएको बताए।

देशको विविधताको अवस्था सबैलाई विचार गरेर नै नयाँ राष्ट्रिय एकताको परिकल्पना गरेको भन्दै उनले त्यसका लागि उत्पीडनमा परेका दलित, महिला र मुस्लिमहरुलाई विशेष अधिकारको व्यवस्था हुनुपर्ने मान्यताका साथ अघि बढ्ने बताए।

‘देशको विविधताको अवस्था सबैलाई विचार गरेर नै यो देशको नयाँ राष्ट्रिय एकताको परिकल्पना भएको हो,’ उनले भने, ‘नयाँ राष्ट्रिय एकताको लागि सबै उत्पीडित जातिहरुलाई अधिकार दिन तयार हुनुपर्छ भन्ने मान्यता हामीले अगाडि सारेको हो।’

सरकार, सदन र सडकको तर्फबाट फेरि नयाँ उचाइबाट आन्दोलन अगाडि बढाउन आवश्यक रहेको भन्दै उनले मोर्चाहरुलाई बलियो बनाएर अभियानको रुपमा अगाडि लाने क्रममा रहेको पनि भनाइ राखे।

साभार : काठमाडौं प्रेस

`
12 comments
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..

15 घन्टा पहिले

सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..

2 दिन पहिले

म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..

काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..

2 दिन पहिले

संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..

काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..

2 दिन पहिले

‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’

काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..

2 दिन पहिले