Janakpurdham
Fri, Aug 22, 2025
`

मापसे गरेर आउने सांसदलाई ६ महिना निलम्बन गर्न माग

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार ९ : संसद्‌मा मादकपदार्थ सेवन गरेर आउने सांसदलाई ६ महिना निलम्बन गर्न कांग्रेसका सांसद जितजंग बस्नेतले माग गरेका छन्।आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले संसद्को अनुशासनको कुरा गरेर आफैं अनुशासनहिन नहोस् भन्दै त्यस्तो भए ६ महिना निलम्बन गर्न माग गरे।

केही दिनअघि प्रतिनिधिसभा बैठकमा एक महिला सांसदले पुरुष सांसद मादकपदार्थ सेवन गरी संसद्‌मा आएको कुरा उठाएको भन्दै उनले संसद्को अनुशासनको कुरा गरेर आफैं अनुशासनहिन काम गर्ने सांसदलाई ६ महिनाको निलम्बन गरिनुपर्ने बताए।‘प्रतिनिधिसभामा महिला सांसदले पुरुष एकजना सांसद संसद्‌मा रक्सी खाएर आउनुहुन्छ भन्नुभयो। यदी त्यसो हो भने कारबाही हुनुपर्छ,’ उनले भने, ‘संसद्को अनुशासनको कुरा गरेर आफैँ अनुशासनहिन नहोस् । त्यस्तो कार्य भए ६ महिनाको निलम्बन हुनुपर्छ।’

साभार : काठमाडौं प्रेस

`
12 comments
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..

15 घन्टा पहिले

सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..

2 दिन पहिले

म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..

काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..

2 दिन पहिले

संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..

काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..

2 दिन पहिले

‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’

काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..

2 दिन पहिले