Janakpurdham
Tue, Oct 22, 2024
`

प्रजातान्त्रिक बिचार समाज धनुुषाको अध्यक्षमा पत्रकार नवीन झा मनोनित 

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,  असार ११ गते ।प्रजातान्त्रिक बिचार समाज धनुुषाको अध्यक्षमा पत्रकार नवीन झा मनोनित भएका छन । समाजको कन्द्रिय समितिले झालाई धनुुषा अध्यक्षको जिम्मा दिदै मधेश प्रदेश भरी संगठन विस्तार गर्ने अख्तीयारी प्रदान गरेका छन । प्रजातान्त्रिक बिचार समाज नेपाली काग्रेस निकट बुद्धजिवीहरुको संगठन हो । यसले प्रजातान्त्रिक मुल्य र मान्यतामा आधार भएर विचार निर्माणमा सक्रिय रह्दै आएका छन । 

नेपाली काग्रेस निकट विभिन्न क्षेत्रका बुुछजिवीहरुको सक्रियतामा ०५२ सालमा संस्थापित यो समाजको केन्द्रिय अध्यक्ष अहिले वरिष्ठ पत्रकार कुलचन्द्र वाग्ले छन । समाजको सबै जिल्लाहरुको साथै देश वाहिर पनि संगठन रहेका छन । 

धनुुषा शाखाका अध्यक्षको जिम्मा पाएका पत्रकार झा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य समेत हुन । झा नेपालका मुलधारको पत्रकारितामा विगत डेढ दशक यता सक्रिय छन । उनी कान्तिपुर दैनिक, हिमाल खवरपत्रिका, अन्नपुर्ण पोष्ट र नयां पत्रिकामा काम गरिसकेका छन । 

धनुुषा शाखाको अध्यक्षको जिम्मा पाए पछि अव झाले आफनो नेतृत्वमा जिल्ला कमिटी निर्माण गर्नुको साथै मधेश प्रदेशका अन्य जिल्लाहरुमा समेत जिल्ला शाखाहरु गठन गर्ने छन । त्यसको साथै साथै बिचार समाजको व्यानरमा बैद्धिक विचार विमर्शहरु समेत संचालन गर्ने छन ।

`
12 comments
रवि लामिछानेले अदालत परिसरमा दिएको अभिव्यक्तिबारे गृहम..

काठमाडौं, कात्तिक ५। गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ल..

9 घन्टा पहिले

‘स्वास्थ्य अवस्थामा सुधारका लागि थप लगानी गर्न सरकार तय..

जनकपुरधाम, कार्तिक ४ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले स्वास्थ्य क्षेत्रको सुधारका लागि स्वा..

2 दिन पहिले

मिथिलामा करवाचौथ पर्व मनाइँदै

जलेश्वर,२०८१ कार्तिक ४ गते । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज करवाचौथ पर्व मनाइँदैछ । मिथिलाञ्चलमा बस..

2 दिन पहिले

रविको पक्राउकाे विराेधमा माइतीघरमा प्रदर्शन

काठमाडौं, कात्तिक ३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा समर्थ..

3 दिन पहिले

सहकारीको पैसा अपचलन गर्ने जोकोहीलाई कानुनी कारवाही हुन..

धनकुटा, कात्तिक ३ : नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले पार्टीको आन्तरिक समस्या समाधान गरेर मात्रै नतिजा ..

3 दिन पहिले