Janakpurdham
Tue, Sep 22, 2026
`

प्रजातान्त्रिक बिचार समाज धनुुषाको अध्यक्षमा पत्रकार नवीन झा मनोनित 

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,  असार ११ गते ।प्रजातान्त्रिक बिचार समाज धनुुषाको अध्यक्षमा पत्रकार नवीन झा मनोनित भएका छन । समाजको कन्द्रिय समितिले झालाई धनुुषा अध्यक्षको जिम्मा दिदै मधेश प्रदेश भरी संगठन विस्तार गर्ने अख्तीयारी प्रदान गरेका छन । प्रजातान्त्रिक बिचार समाज नेपाली काग्रेस निकट बुद्धजिवीहरुको संगठन हो । यसले प्रजातान्त्रिक मुल्य र मान्यतामा आधार भएर विचार निर्माणमा सक्रिय रह्दै आएका छन । 

नेपाली काग्रेस निकट विभिन्न क्षेत्रका बुुछजिवीहरुको सक्रियतामा ०५२ सालमा संस्थापित यो समाजको केन्द्रिय अध्यक्ष अहिले वरिष्ठ पत्रकार कुलचन्द्र वाग्ले छन । समाजको सबै जिल्लाहरुको साथै देश वाहिर पनि संगठन रहेका छन । 

धनुुषा शाखाका अध्यक्षको जिम्मा पाएका पत्रकार झा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य समेत हुन । झा नेपालका मुलधारको पत्रकारितामा विगत डेढ दशक यता सक्रिय छन । उनी कान्तिपुर दैनिक, हिमाल खवरपत्रिका, अन्नपुर्ण पोष्ट र नयां पत्रिकामा काम गरिसकेका छन । 

धनुुषा शाखाको अध्यक्षको जिम्मा पाए पछि अव झाले आफनो नेतृत्वमा जिल्ला कमिटी निर्माण गर्नुको साथै मधेश प्रदेशका अन्य जिल्लाहरुमा समेत जिल्ला शाखाहरु गठन गर्ने छन । त्यसको साथै साथै बिचार समाजको व्यानरमा बैद्धिक विचार विमर्शहरु समेत संचालन गर्ने छन ।

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

8 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

8 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

1 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

1 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले