नेपालको शिक्षा प्रणाली ध्वस्त भइसक्यो : अध्यक्ष यादव
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असार १६ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भर्खरै सार्वजनिक भएको एसईईको नतिजाले नेपालको शिक्षा प्रणाली ध्वस्त भइसक्यो भन्ने सावित गरेको टिप्पणी गरेका छन्।
नेकपा एसको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले अहिले लोकतन्त्र दलतन्त्र, नेतातन्त्र हुँदै स्वेच्छाचारीतन्त्रमा बदलिँदै गएको उल्लेख गरे। उनले स्वास्थ्य सेवामा माफियाहरुको विगविगी रहेको बताए।
‘अहिले लोकतन्त्र विस्तारै कमजोर भइरहेको छ । लोकतन्त्रको खतरा कुनै बाहिबाट छैन्, हामी भित्रैबाट छ। लोकतन्त्र दलको शासन एवम दलतन्त्र, नेतातन्त्र हुँदै स्वेच्छाचारीतन्त्रमा नेपालको लोकतन्त्र बदलिँदै गएको छ,’ उनले भने, ‘एसईईको नतिजा आयो, त्यसबाट के थाहा हुन्छ भने नेपालको शिक्षा प्रणाली ध्वस्त भइसक्यो। एसईईको नतिजाले त्यो पुष्टि गरेको छ। यता, स्वास्थ्य सेवामा माफियाहरुको बिगबिगी छ।’
उनले संसदलाई असंवैधानिक तरिकाले दुईदुई पटक भंग गरेर मुलुकलाई स्वेच्छाचारी शासनतर्फ धकेलिँदै गरेको अवस्थामा व्यवस्थाको रक्षा गर्नको लागि माधव नेपालले विद्रोह गरेर महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
अध्यक्ष यादवले अहिले संघीय लोकतान्त्रिक गणतन्त्र ठूलो दुर्घटनाबाट जोगिएका बताउादै उनले त्यसमा माधव नेपाल र नेकपा एसको ठूलो योगदान रहेको बताए।
‘जुन बेलामा संसदलाई असंवैधानिक तरिकाले दुई–दुई पटक भंग गरेर मुलुकलाई स्वेच्छाचारी शासनतर्फ धकेलिँदै गरेको थियो। त्यो बेलामा लोकतन्त्र रक्षा गर्नको लागि प्राप्त अधिकारलाई जोगाउनको लागि उपलब्धीहरुलाई संस्थागत गर्नका लागि आवश्यक थियो,’ उल ने भने, ‘त्यो आवश्यकता परेको बेलामा यहाँहरुले विद्रोह गर्नुभयो र आज संघीय गणतन्त्रको रक्षाको महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएको छ।’
यादवले हालै भएको राजदूत नियुक्तिमा पनि रकम लेनदेन भएको आरोप लगाए।
साभार : काठमाडौं प्रेस
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
8 घन्टा पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
8 घन्टा पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
1 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
1 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक