
‘संविधानको रक्षा, गणतन्त्रको सुदृढीकरण र दिगो शान्ति महत्वपूर्ण एजेन्डा हो’
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, असार १६ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति महत्वपूर्ण एजेन्डा रहेको बताएका छन्।
नेकपा एसको महाधिवेशको उद्घाट सत्रलाई सम्बोधन गर्दै सपभाति देउवाले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यक रहेको उल्लेख गरे।
एकीकृत समाजवादीले आफ्नो स्थापना कालदेखि छोटो समयमा पनि नेपालको राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि देउवाले बताए।
‘यो व्यवस्थाका लागि गहिरो प्रतिबद्धताका साथ एकीकृत समाजवादीले कार्य गरिरहेको छ, भविष्यमा पनि यसको निरन्तरता रहनेछ भन्ने मैले विश्वास लिएको छु,’ देउवाले भने।
सभापति देउवाले अहिलेको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति महत्वपूर्ण एजेन्डा रहेको बताएका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बलियो पार्ने दिशामा एकीकृत समाजवादीले गहिरो प्रतिबद्धताका साथ कार्य गरेको पनि उनले बताए।
‘यो व्यवस्थाका लागि गहिरो प्रतिबद्धताका साथ एकीकृत समाजवादीले कार्य गरिरहेको छ । भविष्यमा पनि यसको निरन्तरता रहनेछ भन्ने मैले विश्वास लिएको छु,’ देउवाले भने।
मुलुकमा शान्ति स्थापना गर्न या संविधान निर्माणमा माधव नेपालको महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले नेपाली राजीतिनमा उनको महत्वपूर्ण योगदान रहेको देउवाले बताए।
साभार : काठमाडौं प्रेस

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
15 घन्टा पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
2 दिन पहिले
म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..
काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..
2 दिन पहिले
संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..
काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..
2 दिन पहिले
‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’
काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..
2 दिन पहिले