Janakpurdham
Mon, Sep 08, 2025
`

सामुदायिक विद्यालयको शिक्षा खस्किएकोमा संसदहरुको चिन्ता

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार १७ : सांसदहरूले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर बढाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद विद्या भट्टराईले एसइई परीक्षाको नतिजा खस्कनुमा मुलुकको शिक्षा प्रणाली, पठन पद्धति र संरचनागत कमीकमजोरी भएको बताइन्।

उनले सामुदायिक विद्यालयको शिक्षा गुणस्तर खस्कँदो रहेको बताउँदै सामुदायिक विद्यालयमा मागअनुसार दरबन्दी नहुनु, भौतिक पूर्वाधार तथा आवश्यक स्रोत साधनको अभावले मुलुकको समग्र शिक्षाको गुणस्तर कमजोर बनिरहेको उल्लेख गरिन्।

शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री र उत्पादनमुखी बनाउन जरुरी रहेकामा सांसद भट्टराईको जोड थियो।

सांसद डा. चन्द्रकान्त भण्डारीले एसइई परीक्षामा आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएको भन्दै उनीहरुलाई सीपमूलक तालिमलगायत प्रोत्साहनमूलक काम दिएर सरकारले आशातीत बनाउनुपर्ने माग गरे। उनले विद्यालय शिक्षा र विश्वविद्यालय शिक्षाको गुणस्तर सुधार्न सरकारले विशेष ध्यान दिन आग्रह गरे।

उनले शिक्षा, स्वास्थ्यलगायत अत्यावश्यक सेवा क्षेत्रमा बन्द हडताल गर्नेलाई कानुनी दायरामा ल्याइनुपर्नेमा जोड दिए।

यस्तै, सांसद शिव नेपालीले शिक्षा क्षेत्रको अनियमितताको अन्त्य गरी गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न सरोकारवालको ध्यानाकर्षण गराए।उनले विश्वविद्यालयमा राजनीतिकरणले शिक्षाको गुणस्तर खस्केको दाबी गर्दै यसलाई सुधारेर गुणस्तरीय र व्यावहारिक शिक्षा अपनाइनुपर्नेमा जोड दिए।

देश विकासका लागि जननिर्वाचित सांसद र जनप्रतिनिधिलाई स्वतन्त्र छाड्नुपर्ने जिकिर सांसद ज्ञानेन्द्र शाहीको थियो। उनले काठमाडौं महानगरभित्रको बजेट प्रभावकारी कार्यान्वयन हुन नदिन अवरोध खडा गरिएको भन्दै आपत्ति प्रकट गरे।

साभार : काठमाडौं प्रेस

`
12 comments
काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने

काठमाडौँ ,भदौ २२ गते । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरका..

6 घन्टा पहिले

ऋषि तर्पणीवाट सोह्र श्राद्ध शुरु, गंगासागरमा तर्पण गर्न..

जनकपुरधाम ,भदौ २२ गते । प्रत्येक वर्ष भदौ महिनाको कृष्णपक्ष प्रतिपदा तिथिबाट शुरु हुने सोह्र श्राद्ध शुरु हुनु ..

6 घन्टा पहिले

सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..

काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..

1 दिन पहिले

जागौं देशवासी! भ्रष्टाचार र छलकपटबाट मुक्ति लिऔं!

–डा. राजीव झा, उपाध्यक्ष, राष्ट्रिय मुक्ति पार्टीनेपालमा अहिले देखिएको राजनीतिक संकट नयाँ होइन। दशकौंयता कांग्..

1 दिन पहिले

आलोचना सहन नसकेर इगोका कारण सरकारले सामाजिक सञ्जाल बन्द ..

काठमाडौं, भदौ २१ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा प्रवक्ता मनिष झाले सामाजिक सन्जालमा भएको आलोचना सहन न..

1 दिन पहिले