
स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति थप्ने मन्त्री यादवको दाबी
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, असोज १७ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य सेवा क्षेत्रमा जनशक्ति थप्ने तयारीमा रहेको बताएका छन्।
सोमबार मन्त्रालयमा पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा क्षेत्रमा करिब ९२ हजार तयारी भइरहेको बताए।
‘करिब ९२ हजार जनशक्ति थप्नेगरी अर्थ मन्त्रालययमा पठाएका छौं। प्रधानमन्त्रीसँग पनि छुट्टै छलफल भएको छ। उहाँले केही कम गरेर कार्यान्वयन गर्न लगाउछु भन्नु भएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीबाट यो कुराको पुष्टि भएको छ। ६० हजार मात्र जनशक्ति थप्न पाए नि हुन्छ, काम गर्न पनि सहज हुन्छ। जनशक्ति र उपकरण भएन भने कसरी सेवा दिने?’
मन्त्री यादवले आफूले जे बचन दिएपनि गरेर देखाउने बताए । ‘यसअघिका कुन मन्त्रीले के गर्नुभयो, म त्यसको पछि लाग्दिन । तर म काम गरेर देखाउँछु,’ उनले भने।
सरकारबारे बाहिर राजनीतिक हल्ला चलिरहेको भन्दै उनले सरकारको आयुको ग्यारेन्टी नहुने अनि मन्त्रीको के ग्यारेन्टी हुन्छ? भन्द प्रश्न गरे। ‘राजनीतिले मलाई कुनै फरक पर्दैन्। म काम गर्न आएको हो म जति दिन बस्छु, सुझाव, सल्लाह लिएर काम गर्छु,’ उनले भने।
यतिबेला काम गर्ने समय आएको उल्लेख गर्दै परिणाम नै दिनेगरी र जनतालाई निराश नबनाउनेगरी काम अघि बढाएको उनको दाबी थियो। उनले नेपालको आयुर्वेद क्षेत्र सुस्ताएकोप्रति दुःख व्यक्त गरे।
साभार : काठमाडौं प्रेस

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
10 घन्टा पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
1 दिन पहिले
म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..
काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..
1 दिन पहिले
संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..
काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..
2 दिन पहिले
‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’
काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..
2 दिन पहिले