Janakpurdham
Tue, Oct 22, 2024
`

‘स्वास्थ्य अवस्थामा सुधारका लागि थप लगानी गर्न सरकार तयार’

2 दिन पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, कार्तिक ४ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले स्वास्थ्य क्षेत्रको सुधारका लागि स्वास्थ्य क्षेत्रमा थप लगानी गर्न प्रदेश सरकार तयार भएको बताउनुभएको छ ।

मुख्यमन्त्री सिंहले मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयले आयोजना गरेको तीन दिने वार्षिक समीक्षाको आज जनकपुरधाममा आयोजित समापन तथा सम्मान वितरण कार्यक्रममा स्वास्थ्यका विभिन्न सूचकमा प्रदेशमै सर्वोत्कृष्ट हुने स्वास्थ्य संस्था तथा त्यसका पदाधिकारीहरूलाई प्रोत्साहित गर्न स्वास्थ्य मन्त्रालयलाई सुझाव दिनुभयो ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले स्वास्थ्य क्षेत्रमा कार्यरत रहेका स्वास्थ्यकर्मीहरूको योगदान महत्वपूर्ण भएको बताउँदै स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्नका लागि प्रदेश सरकार तयार भएको बताउनुभयो ।

मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साहले स्वास्थ्य मन्त्रालयले मातहतका निकायमा राम्रो काम गर्ने संस्था तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन गरेर उनीहरूको हौसला बढाउने काम गरेको बताउँदै यस्तै कार्यक्रम अन्य मन्त्रालयहरूमा गर्न जरुरी रहेको बताउनुभयो ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. सञ्जय कुमार ठाकुरले स्वास्थ्य क्षेत्रको सुधारका लागि स्वास्थ्यका विभिन्न सूचकहरूमा ९० प्रतिशतले सुधार गरेमात्र सुध्रिएको मान्न सकिने बताउनुभयो ।

मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा. राजीव कुमार झाको अध्यक्षतामा भएको समापन तथा सम्मान कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक डा. विनोद कुमार यादव, सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी सहितका वक्ताहरूले बोल्नुभएको थियो ।

कार्यक्रममा प्रदेशका १ सय ३६ पालिका मध्ये सर्वोत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने सर्लाहीको हरिवन नगरपालिका प्रथम, सप्तरीको हनुमान नगरपालिका द्वितीय, पर्साको ठोरी गाउँपालिका तृतीय स्थान प्राप्त गरेका छन् भने प्रादेशिक अस्पतालतर्फ सिरहा र महोत्तरी अस्पताल प्रथम, गौर अस्पताल द्वितीय र लहान अस्पताल तृतीय भएका छन् ।

स्वास्थ्य कार्यालयतर्फ पर्सा प्रथम, सर्लाही द्वितीय, सिरहा तृतीय भएका छन् भने आयुर्वेदतर्फ महोत्तरी प्रथम, रौतहट द्वितीय र पर्सा तृतीय भएका छन् भने स्थानीय अस्पताल तर्फ बर्दिबास अस्पताल प्रथम भए ।

पुरस्कृत स्थानीय तथा स्वास्थ्य संस्थालाई मुख्यमन्त्री सिंह र स्वास्थ्यमन्त्री शुत्रधन सिंहले गम्छा ओढाएर सम्मानपत्र सहित सम्मानित गर्नुभएको थियो ।

साभार : रेडियो नेपाल

`
12 comments
रवि लामिछानेले अदालत परिसरमा दिएको अभिव्यक्तिबारे गृहम..

काठमाडौं, कात्तिक ५। गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ल..

9 घन्टा पहिले

‘स्वास्थ्य अवस्थामा सुधारका लागि थप लगानी गर्न सरकार तय..

जनकपुरधाम, कार्तिक ४ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले स्वास्थ्य क्षेत्रको सुधारका लागि स्वा..

2 दिन पहिले

मिथिलामा करवाचौथ पर्व मनाइँदै

जलेश्वर,२०८१ कार्तिक ४ गते । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज करवाचौथ पर्व मनाइँदैछ । मिथिलाञ्चलमा बस..

2 दिन पहिले

रविको पक्राउकाे विराेधमा माइतीघरमा प्रदर्शन

काठमाडौं, कात्तिक ३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा समर्थ..

3 दिन पहिले

सहकारीको पैसा अपचलन गर्ने जोकोहीलाई कानुनी कारवाही हुन..

धनकुटा, कात्तिक ३ : नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले पार्टीको आन्तरिक समस्या समाधान गरेर मात्रै नतिजा ..

3 दिन पहिले