आन्तरिक पर्यटन प्रवद्र्धन गर्न संघ सहकार्य गरिरहेको छ : महासेठ
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम १४ गते कार्तिक । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न आन्तरिक स्रोत साधनकोलागि जनकपुरधाम उद्योग वाणिज्य संघले सरोकारबलाहरु संग सहकार्य गरिरहेको अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिनुभएको छ ।सोसाइटी अफ ट्राभल एण्ड टुरिज्म अपरेटर्स नेपाल(सोटो)का पदाधिकारीहरुको आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भएको जनकपुरधामअवलोकन भ्रमणको क्रममा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष महासेठले जनकपुरधाम उपमहानगरपालिका र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद लगायतका सारोकारबलाहरु संग सहकार्य भईरहेको बताउनु भयो । जनकपुरधाममा आउने पर्यटकहरुले औल्याएको कमिकमजोरीहरुलाई हटाई पर्यटन प्रबद्र्धन गर्न लागेको बताउनु भयो । जनकपुरधाममा हुने पर्वहरु मध्ये परिक्रमा बासालाई पर्यटकीय रुपमा विस्तार गरे यहाँ आउने पर्यटकहरुलाई रोक्न सकिने बताउनु भयो । यसका लागि परिक्रमा बासा पर्ने पालिकाका प्रमुखहरुको एउटा फोरम तयार गर्न लागेको जानकारी दिनुभयो । सो कार्यक्रममा बोल्दै बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष सितल साहले विवाहपञ्चमीका दिन देखि दैनिक साँझ एक घण्टा लाइटिङ शो गर्न लगेको बताउदै यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनु भयो । सोटोका अध्यक्ष नारायण पराजुलीले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विभिन्न ठाउँका मेयरहरुलाई जनकपुरधाममा बोलाउदा पनि यहाँको पर्यटन व्यवसायमा बृद्धि हुने तर्क दिनु भयो । छठ पर्वको अवसरका जनकपुरधामको अवलोकन गर्न आएका सोटोका पदाधिकारीहरुलाई संघका पुर्व अध्यक्षनिर्मल चौधरीले स्वागत गर्दै आन्तरिक पर्यटन विकासले आर्थिक समृद्धि हुने बताउनु भयो । अगामी दिनमा पनि सोटोका पदाधिकारीहरुले सपरिवार जनकपुरधाम आउन संघका वरिष्ठ उपाध्यक्ष मनिष रमन साहले आग्रह गर्नुभएको थियो । जनकपुर अवलोकन भ्रमणमा आएका सोटोका टोलीलाई यहाँको छठ पर्वको अलोकनका साथै गंगा आरतीमासमेत सहभागी गराइएको थियो ।

सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..
13 घन्टा पहिले
कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..
13 घन्टा पहिले
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
2 दिन पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
2 दिन पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
3 दिन पहिले