Janakpurdham
Fri, Jul 18, 2025
`

जनकपुरधाममा विवाहपञ्चमी सुरु, भगवान श्रीराम र लक्ष्मणको गराइयो नगरदर्शन (भिडिओ)

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,मंसिर १७ गते । त्रेतायुगमा भगवान श्रीराम र माता सीताबीच भएको विवाहको सम्झनामा जानकी मन्दिरले मनाइने साताव्यापी विवाह पञ्चमी आजबाट विधिवत सुरु भएको छ ।

विवाह पञ्चमी महोत्सवको पहिलोदिन आज नगरदर्शन गरिएको हो । भगवान श्रीराम र उनका भाई लक्ष्मण पहिलो पटक प्राचिन मिथिलाका राजधानी जनकपुरधाम आएको मान्यता अनुरुप नगरदर्शन मनाइन्छ ।

दुई बालकलाई भगवान श्रीराम र लक्ष्मणको रुपमा सजाएर जानकी मन्दिर परिसरमा नगर दर्शन गराइयो । नगर दर्शनका लागि जानकी मन्दिर परिसरमा पान, मखान, मिठाई, मिथिला चित्रकला, कपडासहितका पसलको स्टल राखिएको थियो ।

 

नगरदर्शन विधिमा हजारौं श्रद्धालुहरु सहभागी थिए । सो अवसरमा भजन-कीर्तन र गितनादमा श्रद्धालुहरु रमाए । विवाह पञ्चमीको विधिहरु हेर्न बाहिर जिल्ला र भारतबाट साधुसन्त र श्रद्धालुहरु जनकपुरधाम आउनेक्रम जारी छ ।

यसवर्ष राम जन्मभूमि भारतको अयोध्याबाट जन्ती समेत आउन लागेको छ ।

 

`
12 comments
चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सक..

काठमाडौं, साउन १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि नीज..

3 घन्टा पहिले

नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाह..

काठमाडौं, साउन १ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपा..

3 घन्टा पहिले

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..

2 दिन पहिले

मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..

जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..

2 दिन पहिले

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..

3 दिन पहिले