
भ्रातृ संस्थाको महाधिवेशन चैत मसान्तभित्र गराउन देउवाले तोके संयोजक
7 महीना पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, मंसिर २६ गते । नेपाली कांग्रेसले ८ भ्रातृ संस्थाको महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेको छ । केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम २०८१ चैत मसान्तसम्म अनिवार्य रुपमा महाधिवेशन सम्पन्न गराउन निर्देशन समिति गठन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघको महाधिवेशन तोकिएकै समयमा गराइसक्न सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९)बमोजिम समिति गठन गरेको उनले बताए ।
नेपाल महिला सघ, नेपाल तरूण दल र नेपाल विद्यार्थी संघको महाधिवेशन केन्द्रीय निर्देशन समिति गत २०८१ असोज १६ गते गठन गरिएकोमा नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिमा संशोधन गरिएको पनि उनले बताए ।
साभार ः नेपाल प्रेस

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन
काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..
1 दिन पहिले
मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..
जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..
1 दिन पहिले
नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..
काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..
2 दिन पहिले
भगवती न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री
काठमाडौं, असार ३१ : भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छिन्। प्रधानमन्त्र..
2 दिन पहिले
विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..
काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..
3 दिन पहिले