
प्रेमिकाको हत्या गरेको आरोपमा एकजना पक्राउ
7 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, पुस ३ गते । महोत्तरीमा प्रेमिकालाई हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा–९ खोइरीयाका २५ वर्षीय मन्दिप कुमार यादव रहेको प्रहरीले जनाएको छ ।
२०८१ असोज २३ गते बर्दिबास नगरपालिका– ५ टुटेश्वरमा २२ वर्षीया अनु रायलाई हत्या गरेको आरोपमा प्रहरीले उनकै प्रेमी यादवलाई पक्राउ गरेको हो । महोत्तरीको टुटेश्वर मन्दिरमा विवाह गर्ने टुङ्गो लगाएर फर्किने क्रममा विवाद हुँदा प्रेमिका रायको हत्या गरेको आरोपमा उनकै प्रेमीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महोत्तरी अतराढ घर भई जनकपुर बस्दै आएकी अनुसंग मन्दिपको सानै उमेर देखि मन पराएको र दुवै जना बीच प्रेम भएपछि एक अर्का सँग विवाह गर्न टुटेश्वर मन्दिरमा भेटेर सहमति भएको थियो ।
विवाहको सहमति पछि अभिभावकलाई घरमा बोलाउने विषयमा दुवै जना बीच विवाद भएपछि एकअर्कालाई कुटपिट हुँदा युवतीको घटनास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तु लाल प्रसाद जैसवारले बताउनुभयो ।
गत असोज २३ गते बर्दिबास नगरपालिका– ५ टुटेश्वरमा बेवारिसे अवस्थामा ती युवतीको शव फेला परेका थियो । टुटेश्वर मन्दिरबाट मृतक महिलासँग आरोपित सँगै फर्किएको, टेम्पुमा सँगै यात्रा गरेको भिडियो प्राप्त भएपछि अनुसन्धान गर्दै जाँदा यादवलाई बीरगंजबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक जैसवारले बताउनुभयो । पक्राउ परेका यादवलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
साभार ः रेडियो नेपाल

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन
काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..
1 दिन पहिले
मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..
जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..
1 दिन पहिले
नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..
काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..
2 दिन पहिले
भगवती न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री
काठमाडौं, असार ३१ : भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छिन्। प्रधानमन्त्र..
2 दिन पहिले
विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..
काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..
3 दिन पहिले