प्रेमिकाको हत्या गरेको आरोपमा एकजना पक्राउ
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, पुस ३ गते । महोत्तरीमा प्रेमिकालाई हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा–९ खोइरीयाका २५ वर्षीय मन्दिप कुमार यादव रहेको प्रहरीले जनाएको छ ।
२०८१ असोज २३ गते बर्दिबास नगरपालिका– ५ टुटेश्वरमा २२ वर्षीया अनु रायलाई हत्या गरेको आरोपमा प्रहरीले उनकै प्रेमी यादवलाई पक्राउ गरेको हो । महोत्तरीको टुटेश्वर मन्दिरमा विवाह गर्ने टुङ्गो लगाएर फर्किने क्रममा विवाद हुँदा प्रेमिका रायको हत्या गरेको आरोपमा उनकै प्रेमीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महोत्तरी अतराढ घर भई जनकपुर बस्दै आएकी अनुसंग मन्दिपको सानै उमेर देखि मन पराएको र दुवै जना बीच प्रेम भएपछि एक अर्का सँग विवाह गर्न टुटेश्वर मन्दिरमा भेटेर सहमति भएको थियो ।
विवाहको सहमति पछि अभिभावकलाई घरमा बोलाउने विषयमा दुवै जना बीच विवाद भएपछि एकअर्कालाई कुटपिट हुँदा युवतीको घटनास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तु लाल प्रसाद जैसवारले बताउनुभयो ।
गत असोज २३ गते बर्दिबास नगरपालिका– ५ टुटेश्वरमा बेवारिसे अवस्थामा ती युवतीको शव फेला परेका थियो । टुटेश्वर मन्दिरबाट मृतक महिलासँग आरोपित सँगै फर्किएको, टेम्पुमा सँगै यात्रा गरेको भिडियो प्राप्त भएपछि अनुसन्धान गर्दै जाँदा यादवलाई बीरगंजबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक जैसवारले बताउनुभयो । पक्राउ परेका यादवलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
साभार ः रेडियो नेपाल
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
8 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
8 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
1 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
1 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले