
घर जग्गा लिलामीको विरुद्धमा जनकपुरधामका व्यापारी सडकमा, बैङ्क म्यानेजर प्रहरी नियन्त्रणमा
7 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, पुस ११ गते । जनकपुरधामको मिल्स एरियामा रहेको सिद्धार्थ बैङ्क लिमिटेडले ऋणीले ऋणको सम्पूर्ण रकम तिर्नका लागि तयारी रहेको वेलामा घर जग्गा लिलामी गरेको भन्दै जनकपुरधामका व्यवसायीहरूले शाखा प्रबन्धक माथि कारवाहीको माग गरेको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी सहितका संघका अधिकारी, चेम्बर अफ कमर्सका सरोज कुमार मिश्र सहितले विना प्रक्रिया घर जग्गा लिलामी गरेको भन्दै बैङ्कका शाखा प्रबन्धक अर्न बलम्पाकी माथि कारवाहीको माग गरेका छन् ।
बैङ्कको कार्यालय क्षेत्रमा ठूलो सङ्ख्यामा व्यापारी तथा व्यवसायीहरू आज उपस्थित भएर नाराबाजी गरेपछि प्रहरीले शाखा प्रबन्धक बलम्पाकीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषामा लगेका छन् । तर धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले तीनै पक्षलाई छलफलका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाएको बताउनुभयो ।
बैङ्कका म्यानेजरको सुरक्षाका लागि नै प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय लाने काम भएको प्रहरीले दाबी गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नंं ८ बाल्मिकीनगरमा रहेको सुद्रिका कुमारी देवीको सिट नंं १३५६–१४ र कित्ता नंं १४१ को नाउँमा रहेको जग्गा र त्यसमा बनेको अढाई तल्लाको घर लिलामी गरेर व्यक्तिको नाउँमा पास गरेको थाहा पाएपछि पीडितले जनकपुरधाम उद्योग वाणिज्य सङ्घलाई गुहारेका थिए ।
सिद्धार्थ बैङ्कसँग दुई पटक गरेर ४० लाख र ३५ लाख गरेर ऋण लिएर नियमित रुपमा व्याज बुझाउँदै आएको र बाँकी रहेका ८६ लाख तिर्नका लागि तयार भएको र त्यस मध्ये नोभेम्बर १३ तारेखमा १ लाख रकम बुझाएको र बाँकी सबै तिर्नका लागि हिसाब मागेपनि भित्र भित्र आर्थिक चलखेल गरेर बैंकले घर जग्गाको लिलामी गर्ने काम गरेको भन्दै न्यायका लागि सबैसँग हार गुहार गरेका छन् ।
बैङ्कको व्याज हालसम्म दुई करोड रकम बैङ्कलाई बुझाई सकेको र बाँकी रहेको सवा तथा व्याज बुझाउनका लागि तयार हुँदाहुँदै घर जग्गा विना कुनै प्रक्रिया लिलामी गर्ने काम भएकाले घर जग्गा फिर्ता हुनुपर्ने र शाखा प्रबन्धक माथि कारबाही हुनु पर्ने माग पीडितले बैङ्क क्षेत्रमा नै आज पत्रकार सम्मेलन मार्फत आग्रह गरेका छन् ।
साभार ः रेडियो नेपाल

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन
काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..
1 दिन पहिले
मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..
जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..
1 दिन पहिले
नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..
काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..
2 दिन पहिले
भगवती न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री
काठमाडौं, असार ३१ : भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छिन्। प्रधानमन्त्र..
2 दिन पहिले
विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..
काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..
3 दिन पहिले