
मधेश प्रदेश सरकारले एक हजार एकासी सहिद परिवारको बिमा गर्ने
10 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, पुस २४ गते ।मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयले मधेश प्रदेशमा विभिन्न आन्दोलनको क्रममा शहीद भएका पाँच जनाको परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्न लागेको छ ।
मधेश प्रदेशको ८ जिल्लाका १ हजार ८१ जना सहिद परिवारलाई यसै आर्थिक वर्षभित्रमा स्वास्थ्य बिमा गर्न लागेको मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिनुभयो ।
यसका लागि मधेशी सहिद प्रतिष्ठान मार्फत सहिदहरूको तथ्याङ्क सङ्कलन गर्ने काम शुरु भएको जानकारी दिँदै सहिद परिवारका पाँज जना सदस्यलाई उक्त बिमामा आबद्ध भएपछि १ लाखसम्मको स्वास्थ्य उपचार गर्न मिल्ने मन्त्री लेखीले जानकारी दिनुभयो ।
गृहमन्त्री लेखीले स्वास्थ्य बिमा गर्नका लागि स्वास्थ्य बिमा बोर्डसँग सम्झौता भएको बताउँदै यसको शुरुआत माघ ९ गतेबाट गरिने जानकारी दिँदै माघ ५ गते प्रदेश सरकारले सामान्य रुपमा बलिदानी दिवस मनाउने बताउनुभयो ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव उद्धव प्रसाद रिजालले १ हजार ८१ सहिद परिवारका पाँच जना सदस्यको स्वास्थ्य बिमाका लागि मधेश प्रदेश सरकारले स्वास्थ्य बिमा बोर्डलाई प्रति सहिद परिवार ३ हजार ५ सय बिमा शुल्क तिरिदिने बताउनुभयो ।
उहाँले स्वास्थ्य बिमाको कार्यक्रम यसै आर्थिक वर्षको असार १० गते भित्रमा गरिसक्नु पर्ने प्रावधान भएपनि मधेशी सहिद प्रतिष्ठानको सहयोगमा चाडै शुरुआत गरिने बताउनु भयो । पत्रकार सम्मेलनमा मन्त्रालयका अन्य पदाधिकारीहरू सहभागी रहनुभएको थियो । बिमा मधेश आन्दोलन, सशस्त्र आन्दोलन तथा २०६२–०६३ का आन्दोलनमा सहिद भएका परिवारहरू समेटिने भएको पनि मन्त्रालयले जनाएको छ ।

प्रचण्डकी छोरी गंगा दाहालले दिइन् सचिवालयबाट राजीनामा
काठमाडौं, कात्तिक ३ : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट रा..
18 घन्टा पहिले
लक्ष्मी पूजामा झिलिमिली काठमाडौं
काठमाडौं, कात्तिक ३ : हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले सजिएको छ। तिहारमा झिल..
18 घन्टा पहिले
कार्तिक कृष्ण आमावास्या : धन धान्यकी देवी लक्ष्मी पूजा
काठमाडौँ,कार्तिक ३ गते । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मी..
2 दिन पहिले
काँग्रेस धनुषाका सभापति विरुद्ध पक्राउ पूर्जी
जनकपुरधाम ,कार्तिक २ गते । नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार विरुद्ध पक्राउ पूर्जी जारी भएक..
2 दिन पहिले
कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तय..
काठमाडौं, कात्तिक १ : नेपाल विद्युत प्राधिकरणले आगामी कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तया..
3 दिन पहिले