दूरसञ्चार सेवाको गुणस्तरमा सम्झौता हुँदैन : सञ्चारमन्त्री
1 दिन पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, मंसिर १० : सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा कुनै पनि सम्झौता स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा सेवाको गुणस्तर’ विषयक सेवा प्रदायक तथा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा उनले सेवा प्रदायकलाई उपभोक्ताप्रति जिम्मेवार र नियामक निकायलाई आफ्नो अधिकार प्रयोग गरी जवाफदेही बनाउन निर्देशन दिए।
उनले दूरसञ्चार सेवा नागरिकको आधारभूत आवश्यकतासँग जोडिएकाले यसको गुणस्तर सुनिश्चित गर्नु सबै पक्षको साझा दायित्व भएको बताए।
तिमिल्सिनाले लामो समयदेखि दूरसञ्चार क्षेत्रमा सेवा विस्तार र पहुँचलाई प्राथमिकता दिइए पनि सेवाको गुणस्तर अपेक्षाअनुसार सुधार हुन नसकेको उल्लेख गरे।
‘जब इन्टरनेट सेवा राम्रो हुँदैन, नागरिक फोन र इन्टरनेटको गुणस्तरीय पहुँचबाट वञ्चित हुन्छन्, त्यसपछि डिजिटल कनेक्टिभिटीको सार्थकता नै रहँदैन । गुणस्तरीय सेवा विलासिता होइन, न्यूनतम आवश्यकता हो,’ उनले भने।
उनले सेवा प्रदायकले लागत घटाउने र नाफा बढाउने विषयलाई मात्र केन्द्रमा राख्न नहुने बताउँदै अनुमतिपत्र लिँदा गरेका प्रतिबद्धता र सम्झौताअनुसार उपभोक्तालाई सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए । गुणस्तरीय सेवा प्रदान गरेर मात्र व्यवसायबाट नाफा आर्जन गर्ने व्यावसायिक संस्कार विकास गर्नुपर्ने उनको भनाइ थियो।
सेवा प्रदायक र नियामक निकाय दुवैमा जवाफदेहिताको संस्कृति स्थापित हुनुपर्ने उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले गल्ती गर्नेले त्यसको जिम्मेवारी र परिणाम बेहोर्नुपर्ने व्यवस्था प्रभावकारी हुनुपर्ने बताए।
‘जबसम्म जवाफदेही नहुँदा त्यसको मूल्य चुकाउनुपर्ने अवस्था सिर्जना हुँदैन, तबसम्म वास्तविक जवाफदेहिता स्थापित हुँदैन । अनुरोधले मात्र काम गर्दैन, केही पत्राचार र निर्देशनले पनि पुग्दैन,’ उनले भने।
नियामक निकायलाई आफ्नो कानुनी अधिकार र जिम्मेवारी प्रभावकारी रूपमा प्रयोग गर्न आग्रह गर्दै उनले कानुन उल्लङ्घन गर्ने सेवा प्रदायकमाथि आवश्यक कारबाही गर्नुपर्ने बताए।
साभार ः काठमाडौं प्रेस
भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडà..
काठमाडौं, मंसिर ११ : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री बालेन्द्र शाहले भेट गरेका छन्। राष्ट्रपति भà..
12 मिनट पहिले
किसान र शिक्षा क्षेत्रका समस्या पहिचान गर्दै सप्तरीबाट à..
जनकपुरधाम, मंसिर ११ गते । जनताका आधारभूत समस्या पहिचान, स्थानीय सरोकारका विषयमा संवाद तथा समाधानका उपाय खोज्ने..
10 मिनट पहिले
दूरसञ्चार सेवाको गुणस्तरमा सम्झौता हुँदैन : सञ्चारमन्तà¥..
काठमाडौं, मंसिर १० : सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा कुनै पनि सम्झौतà..
1 दिन पहिले
फोहोरबाट ऊर्जा उत्पादनलाई विस्तार गर्न सरकार तयार : ऊर्ज..
काठमाडौं, मंसिर १० : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको माà¤..
1 दिन पहिले
नीतिगत तहमा सुधारको प्रयास भइरहेको छ : सञ्चारमन्त्री
काठमाडाैं, मंसिर ९ : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई नीतिगत तहम..
2 दिन पहिले