Janakpurdham
Fri, Oct 16, 2026
`

लामिछानेसहित सातै जनालाई छाड्न आदेश, अदालतले कोसँग कति धरौटी माग्यो?

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, पुस २५ : सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा कास्की अदालतले रवि लामिछानेसहित सातै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

बिहीबार कास्की जिल्ला न्यायाधीश नितिज राईको इजलासले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको समेत मुद्दा चलेका लामिछानेसहित पूर्व डीआइजी छविलाल जोशी, लिला पछाईं, आरती गुरूङ, मीना गुरूङ, कृष्ण बहादुर गुरूङ, रामबहादुर खनाललाई पनि धरौटीमा छाड्न आदेश गरेको हो।

लामिछानेलाई ६५ लाख रूपैयाँ धरौटी मागेको छ।

त्यस्तै पूर्वडिआइजी जोशीलाई ८८ लाख, खनाललाई १५ लाख, पछाईंलाई ३७ लाख, आरती गुरूङलाई ५ लाख, मीना गुरूङलाई ५ लाख, कृष्णबहादुर गुरूङलाई १ लाख धरौटीमा छाड्न आदेश गरेको हो।

सहकारी ठगीमा  रवि लामिछानेविरूद्ध ३ करोड ३७ लाख ६५ हजार, छबिलाल जोशीविरूद्ध ५ करोड २६ लाख ६५ हजार र दिपेश पुनविरूद्ध २ करोड १४ लाख ८ हजार ८४३ रूपैयाँ मागदाबी गर्दै मुद्दा दर्ता भएको थियो।

सम्पत्ति शुद्धीकरणमा जिबी राईविरूद्ध मात्रै १ अर्ब ८६ करोड ७३ लाख १९ हजार ५१८ रूपैयाँ बिगो दाबी गरिएको थियो।

छबिलाल जोशीविरूद्ध ७४ करोड ३४ लाख ७१ हजार ५५ रूपैयाँ, रवि लामिछानेविरूद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रूपैयाँ, लिला पछाईंविरूद्ध २४ करोड ६७ लाख ७ हजार ३४ रूपैयाँ र रामबहादुर खनालविरूद्ध १४ करोड ३० लाख ९१ हजार ९११ रूपैयाँ माग दाबी गरिएको थियो।

कार्यालयले रवि लामिछानेको सम्पत्ति जफत गर्न पनि माग गरेको थियो। सम्पत्ति जफतका लागि रविकी श्रीमती निकिता पौडेललाई पनि विपक्षी बनाएर मुद्दा दर्ता गरेको  थियो।

साभार ः काठमडौं प्रेस

`
12 comments
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

14 घन्टा पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

14 घन्टा पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

14 घन्टा पहिले

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

2 दिन पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

2 दिन पहिले