Janakpurdham
Thu, Oct 15, 2026
`

जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी मुद्दा हो : अर्थमन्त्री

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, पुस २७ : अर्थमन्त्री विष्णु पौडेलले जलवायु परिवर्तनको मुद्दा कुनै मुलुक विशेषको नभई विश्वव्यापी साझा मुद्दा भएको बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापार दिगोपन सम्बन्धी नेपालको तेस्रो वार्षिक सम्मेलनमा उनले जलवायु परिवर्तनको मुद्धा साझा विषय भएको हुनाले सबै मुलुकहरु मिलेर समाधानका प्रयासहरु गर्नुपर्ने बताए।

‘नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ र यसका असरहरु आर्थिक, सामाजिक र पूर्वाधारका क्षेत्रमा प्रस्ट रुपमा देखिँदै आएको छ। यो मुद्दा कुनै मुलुक विशेषको भन्दा पनि विश्वव्यापी साझा मुद्दा हो,’ उनले भने, ‘यसका लागि सबै मुलुकहरु मिलेर समाधानका प्रयासहरु गर्नुपर्छ भन्ने विषयमा नेपालले अन्तराष्ट्रिय मञ्चहरुमा निरन्तर आवाज उठाउँदै आएको छ।’ 

उनले जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य रहे पनि नेपालले आफ्नो स्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनिकरण र अनुकूलनका लागि गरेको प्रयास महत्वपूर्ण रहेको बताए। 

‘जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य रहेको छ। यद्यपी नेपालले आफ्नो स्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनिकरण र अनुकूलनका लागि गरेको प्रयास महत्वपूर्ण छन्,’ उनले भने, ‘अन्तराष्ट्रिय व्यापारको दिगोपनाको लागि जलवायु परिवर्तनका मुद्धालाई सम्बोधन गर्ने सम्बन्धमा यो सम्मेलनले उपयोगी निष्कर्ष अघि सार्ने अपेक्षा गरेको छु।’ 

पूर्वाधार संरचनाहरुमा वर्षेनी आउने प्राकृतिक विपत्तिकारण हुने क्षती नोक्सानीबाट आपूर्ती श्रृखलामा अवरोध आउने भन्दै यसलाई ध्यानमा राखि जलवायुमैत्री विकास प्रक्रियामा थप प्रभावकारी प्रयास गर्नुपर्ने पनि उनले बताए। 

साभार ः काठमाडौं प्रेस

`
12 comments
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

12 घन्टा पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

12 घन्टा पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

2 दिन पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

2 दिन पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

3 दिन पहिले