Janakpurdham
Wed, Aug 05, 2026
`

जनकपुरधाममा छैटौँ संस्करणको साहित्य महोत्सव बिहीबारबाट

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,माघ २२ गते । जनकपुरधाममा बिहीबारदेखि छैटौँ जनकपुर साहित्य महोत्सवको आयोजना हुन लागेको छ । 

नव मिथिला फाउन्डेसनको आयोजनामा साहित्यिक, सांस्कृतिक र सामाजिक चेतना फैलाउने उद्देश्यले छैटौँ संस्करणको महोत्सव आयोजना गर्न लागेको जनाएको हो । जनकपुरधाममा आज पत्रकार सम्मेलनको आयोजना गर्दै फाउन्डेसनका अध्यक्ष अमित कुमार साहले बिहीबारदेखि शनिबारसम्म हुने महोत्सवमा विभिन्न १७ वटा शीर्षकमा छलफल हुने जानकारी दिनुभयो ।

यस वर्षको महोत्सवमा ‘जनकपुरधामका चुनौती र अवसरहरू’, ‘डिजिटल युगमा पठन संस्कृति’, ‘क्रिकेट समस्या, समाधान र सम्भावना’, ‘पढाइ, सिकाइ र वैज्ञानिक सोच’, ‘नीतिमा युवाको चासो’, ‘संघीय दृष्टिमा मधेश’ लगायतका १७ वटा शीर्षकमा बहस हुने आयोजकले जनाएको छ ।

महोत्सवमा १४ वटा समूहगत छलफल र ३ वटा एकल प्रवचन समेटिएको आयोजकले जनाएको छ ।

‘सियाराम राज्यको परिकल्पना: साहित्य र अर्थ राजनीति’ सत्रको वक्ताको रुपमा राजनीतिक विश्लेषक सिके लाल रहनुभएको छ । यसैगरि ‘जनकपुरधाम चुनौती आ अवसर सब’ सेसनमा जनकपुरधामका वर्तमान मेयर मनोज साह र पूर्व मेयर बजरङ्ग साह तथा वृषेश चन्द्र लाल रहने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

‘क्रिकेट: समस्या, समाधान र सम्भावना’ सेसनमा सुयशराज प्याकुरेल, भावना घिमिरे र सुदिप शर्मा प्रमुख वक्ताको रुपमा रहनुभएको छ । 

तीन दिनसम्म चल्ने महोत्सवमा भूषिता वशिष्ठ, रामअशिष यादव, मंचला झा, डा. सुरेन्द्र लाभ, दीपक राज जोशी, रानी शर्मा तिवारी, कञ्चन राय, पवित्रा बहादुर गौतम, अनिल महासेठ, वर्षा भण्डारी, निशा डाँगी, पुरन साह रौनियार, रहबर अन्सारी, तुलानारायण साह, सुधीर शर्मा, इम्तियाज वफा, मनीष झा, विप्लव प्रतीक, विभा झा, घनश्याम खड्का, कुलमान घिसिङ लगायतका वक्ताको रुपमा रहनुभएको छ ।

कार्यक्रमहरू जनकपुरधामको राम मन्दिर अगाडीको राम बागमा हुने भएकोले त्यसको तयारी पनि तीव्र रुपमा भइरहेको छ । सबै कार्यक्रम गर्न ४० लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । महोत्सवको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले गर्नु हुने कार्यक्रम रहेको छ ।  


साभार ः रेडियो नेपाल

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

4 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

4 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

1 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

1 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले