
जनकपुरधाममा छैटौँ संस्करणको साहित्य महोत्सव बिहीबारबाट
5 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम ,माघ २२ गते । जनकपुरधाममा बिहीबारदेखि छैटौँ जनकपुर साहित्य महोत्सवको आयोजना हुन लागेको छ ।
नव मिथिला फाउन्डेसनको आयोजनामा साहित्यिक, सांस्कृतिक र सामाजिक चेतना फैलाउने उद्देश्यले छैटौँ संस्करणको महोत्सव आयोजना गर्न लागेको जनाएको हो । जनकपुरधाममा आज पत्रकार सम्मेलनको आयोजना गर्दै फाउन्डेसनका अध्यक्ष अमित कुमार साहले बिहीबारदेखि शनिबारसम्म हुने महोत्सवमा विभिन्न १७ वटा शीर्षकमा छलफल हुने जानकारी दिनुभयो ।
यस वर्षको महोत्सवमा ‘जनकपुरधामका चुनौती र अवसरहरू’, ‘डिजिटल युगमा पठन संस्कृति’, ‘क्रिकेट समस्या, समाधान र सम्भावना’, ‘पढाइ, सिकाइ र वैज्ञानिक सोच’, ‘नीतिमा युवाको चासो’, ‘संघीय दृष्टिमा मधेश’ लगायतका १७ वटा शीर्षकमा बहस हुने आयोजकले जनाएको छ ।
महोत्सवमा १४ वटा समूहगत छलफल र ३ वटा एकल प्रवचन समेटिएको आयोजकले जनाएको छ ।
‘सियाराम राज्यको परिकल्पना: साहित्य र अर्थ राजनीति’ सत्रको वक्ताको रुपमा राजनीतिक विश्लेषक सिके लाल रहनुभएको छ । यसैगरि ‘जनकपुरधाम चुनौती आ अवसर सब’ सेसनमा जनकपुरधामका वर्तमान मेयर मनोज साह र पूर्व मेयर बजरङ्ग साह तथा वृषेश चन्द्र लाल रहने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
‘क्रिकेट: समस्या, समाधान र सम्भावना’ सेसनमा सुयशराज प्याकुरेल, भावना घिमिरे र सुदिप शर्मा प्रमुख वक्ताको रुपमा रहनुभएको छ ।
तीन दिनसम्म चल्ने महोत्सवमा भूषिता वशिष्ठ, रामअशिष यादव, मंचला झा, डा. सुरेन्द्र लाभ, दीपक राज जोशी, रानी शर्मा तिवारी, कञ्चन राय, पवित्रा बहादुर गौतम, अनिल महासेठ, वर्षा भण्डारी, निशा डाँगी, पुरन साह रौनियार, रहबर अन्सारी, तुलानारायण साह, सुधीर शर्मा, इम्तियाज वफा, मनीष झा, विप्लव प्रतीक, विभा झा, घनश्याम खड्का, कुलमान घिसिङ लगायतका वक्ताको रुपमा रहनुभएको छ ।
कार्यक्रमहरू जनकपुरधामको राम मन्दिर अगाडीको राम बागमा हुने भएकोले त्यसको तयारी पनि तीव्र रुपमा भइरहेको छ । सबै कार्यक्रम गर्न ४० लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । महोत्सवको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले गर्नु हुने कार्यक्रम रहेको छ ।
साभार ः रेडियो नेपाल

विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..
काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..
21 घन्टा पहिले
मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको बजेट सर्व सहमति..
जनकपुरधाम ,असार २९ गते । मधेश प्रदेश सभाको बैठकले मधेस सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश सभामा पे..
21 घन्टा पहिले
सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन् : डा.मह..
काठमाडौं, असार २९ : नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरि..
2 दिन पहिले
‘प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु हुन्छ’
काठमाडौं, असार २९ : गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको विचमा लोकप्रिय संस्थाका रुपमा विकास हुँदै गएको ब..
2 दिन पहिले
‘नेपालमा नै राम्रो शिक्षा प्राप्त गर्ने सम्भावनाहरु प्..
काठमाडौं, असार २८ : सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्..
3 दिन पहिले