Janakpurdham
Fri, Oct 09, 2026
`

धनुषाधाममा लाग्ने प्रसिद्ध मक्कर मेला सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, माघ २९ गते ।  धनुषा जिल्लास्थित प्रसिद्ध धार्मिक स्थल धनुषाधाममा माघ महिनाभरि आयोजना हुने मक्कर मेला आज सम्पन्न भएको छ। माघ महिनाको प्रत्येक आईतवार र मंगलवार लाग्ने मक्कर संक्रान्ति मेला यस वर्षको अन्तिम मंगलवारको दिन सम्पन्न भएको हो।

यस वर्ष माघ महिनाको पहिलो मङ्गलवार परेको र माघ महिनाको अन्तिम मंगलवारमा मेला सम्पन्न भएको छ। धनुषाधाममा मक्कर मेलाको व्यवस्थापन धनुषाधाम नगरपालिका र मन्दिर व्यवस्थापन समितिले गर्दै आएको छ।

भारतमा महाकुम्भ मेला भइरहेको कारण यस वर्ष अधिक तीर्थयात्री भारत पुगेका थिए, जसका कारण अन्य वर्षजस्तो ठूलो भीडभाड भएन। यद्यपि, नेपाल र भारतका सीमावर्ती क्षेत्रका तीर्थयात्रीहरूले उल्लेख्य संख्यामा मेला भर्नका लागि सहभागिता जनाए। धनुषमन्दिरका पूँजारी स्वामी भरत दासले जानकारी दिनुभएकाे छ।

भारतको उत्तर प्रदेशमा महाकुम्भ मेला भएको समयमा, धनुषाधामको मक्कर मेलामा नेपाल मात्र होइन, भारतका अन्य विभिन्न प्रदेशहरूबाट ठूलो संख्या मा श्रद्धालु भक्तजनहरूको सहभागिता हुने गरेको छ। पूँजारी भरत दासका अनुसार, यस वर्ष तुलनात्मक रूपमा कम भक्तजन आएका थिए।

धनुषाधाममा रहेको धनुषा मन्दिरमा पूजा अर्चना गर्दा विश्वासअनुसार चिताएको सबै कुरा पुरा हुने धार्मिक विश्वास प्रचलित रहेको छ। प्रत्येक वर्ष माघ महिनामा मक्कर मेलामा ठूलो संख्यामा भक्तजनहरू दर्शनका लागि आउने गर्दछन्। त्रेता युगमा राजर्षि जनकको प्रतिज्ञा अनुसार धनुषयज्ञको आयोजना गरिएको थियो, जसमा भगवान श्रीरामले शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउँदा त्यो धनुष तीन टुक्रामा फुटेको थियो। ती तीन टुक्रामध्ये एक पाताल, अर्को आकाश र तेस्रो धनुषाधाममा खसेको धार्मिक मान्यता रहेको छ।

धनुषाधाममा अहिले पनि धनुषको आकार जस्तो देखिने एक अलौकिक धातु रहेको र सोधातु नै भगवान शिवको पिनाक धनुष हो भन्ने धार्मिक मान्यता रहेको छ। यही कारणले मक्कर मेलामा लाखौं भक्तजन धनुषाधाम पुगेर दर्शन गर्ने गर्दछन्।

यस मेलासँगै, धनुषाधाममा तेजपातको कारोबार लाखौं रुपैयाँको भएको छ भने अन्य सामग्रीहरूको कारोवारले करोडौंको कारोबार भएको मेला समितिले जनाएको छ।

साभार ः रेडियो नेपाल

`
12 comments
नेपालले आफ्ना उत्पादनलाई ब्राण्डिङ गरेर विश्व बजारमा लà..

काठमाडौं, असाेज २२ : सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले नेपालले आफ्ना मौलिक उत्पादन, पहिचान र सà¤..

6 घन्टा पहिले

विधि, नियम मिचेर थुप्रो मान्छे भेला गर्दैमा कांग्रेस बलि..

काठमाडौं, असाेज २२ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान, नियम र प्रक्रिया मिचेर गरिने गतिविधà¤..

6 घन्टा पहिले

इन्टरनेट मतदान प्रणाली लागू गर्ने दिशामा निर्वाचन आयोग

काठमाडौं, असाेज २१ : निर्वाचन आयोगले नेपालमा इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्ने दिशामा आवश्यक प्राविधिक तà..

1 दिन पहिले

किशोरसिंह राठौरले फिर्ता लिए सभापतिकाे उम्मेदवारी

काठमाडौं, असाेज २१ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवाà¤..

1 दिन पहिले

स्थानीय चुनाव केन्द्रित कांग्रेसको नयाँ रणनीति, ‘इलेक्à¤..

काठमाडौं, असोज २० : आगामी स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले ७५३ मध्ये १०० पालिकामा मेयर वा अध्यक्ष महिलालाà¤..

2 दिन पहिले