Janakpurdham
Sat, Oct 24, 2026
`

धनुषाधाममा लाग्ने प्रसिद्ध मक्कर मेला सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, माघ २९ गते ।  धनुषा जिल्लास्थित प्रसिद्ध धार्मिक स्थल धनुषाधाममा माघ महिनाभरि आयोजना हुने मक्कर मेला आज सम्पन्न भएको छ। माघ महिनाको प्रत्येक आईतवार र मंगलवार लाग्ने मक्कर संक्रान्ति मेला यस वर्षको अन्तिम मंगलवारको दिन सम्पन्न भएको हो।

यस वर्ष माघ महिनाको पहिलो मङ्गलवार परेको र माघ महिनाको अन्तिम मंगलवारमा मेला सम्पन्न भएको छ। धनुषाधाममा मक्कर मेलाको व्यवस्थापन धनुषाधाम नगरपालिका र मन्दिर व्यवस्थापन समितिले गर्दै आएको छ।

भारतमा महाकुम्भ मेला भइरहेको कारण यस वर्ष अधिक तीर्थयात्री भारत पुगेका थिए, जसका कारण अन्य वर्षजस्तो ठूलो भीडभाड भएन। यद्यपि, नेपाल र भारतका सीमावर्ती क्षेत्रका तीर्थयात्रीहरूले उल्लेख्य संख्यामा मेला भर्नका लागि सहभागिता जनाए। धनुषमन्दिरका पूँजारी स्वामी भरत दासले जानकारी दिनुभएकाे छ।

भारतको उत्तर प्रदेशमा महाकुम्भ मेला भएको समयमा, धनुषाधामको मक्कर मेलामा नेपाल मात्र होइन, भारतका अन्य विभिन्न प्रदेशहरूबाट ठूलो संख्या मा श्रद्धालु भक्तजनहरूको सहभागिता हुने गरेको छ। पूँजारी भरत दासका अनुसार, यस वर्ष तुलनात्मक रूपमा कम भक्तजन आएका थिए।

धनुषाधाममा रहेको धनुषा मन्दिरमा पूजा अर्चना गर्दा विश्वासअनुसार चिताएको सबै कुरा पुरा हुने धार्मिक विश्वास प्रचलित रहेको छ। प्रत्येक वर्ष माघ महिनामा मक्कर मेलामा ठूलो संख्यामा भक्तजनहरू दर्शनका लागि आउने गर्दछन्। त्रेता युगमा राजर्षि जनकको प्रतिज्ञा अनुसार धनुषयज्ञको आयोजना गरिएको थियो, जसमा भगवान श्रीरामले शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउँदा त्यो धनुष तीन टुक्रामा फुटेको थियो। ती तीन टुक्रामध्ये एक पाताल, अर्को आकाश र तेस्रो धनुषाधाममा खसेको धार्मिक मान्यता रहेको छ।

धनुषाधाममा अहिले पनि धनुषको आकार जस्तो देखिने एक अलौकिक धातु रहेको र सोधातु नै भगवान शिवको पिनाक धनुष हो भन्ने धार्मिक मान्यता रहेको छ। यही कारणले मक्कर मेलामा लाखौं भक्तजन धनुषाधाम पुगेर दर्शन गर्ने गर्दछन्।

यस मेलासँगै, धनुषाधाममा तेजपातको कारोबार लाखौं रुपैयाँको भएको छ भने अन्य सामग्रीहरूको कारोवारले करोडौंको कारोबार भएको मेला समितिले जनाएको छ।

साभार ः रेडियो नेपाल

`
12 comments
घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे कà..

काठमाडौँ, कार्तिक ३ गते । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घà..

4 दिन पहिले

आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै

काठमाडौँ, कार्तिक ३ गते । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष à¤..

4 दिन पहिले

बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै

काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..

6 दिन पहिले

कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..

काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..

6 दिन पहिले

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

7 दिन पहिले